टीकाप्रसाद भट्ट
रामेछाप – माघ महिनाको पहिलो सातानै लिखु नदी स्याप्प छ । नदीमा मसिनो पानी छ तर किसानको कुलोमा वग्दैन् । किसानले खेतमा पानी लगाउनका लागि मोटर लगाएर तान्नु पर्छ , नत्र बाँझै राख्नुपर्छ । सदियौं देखि लिखुमा बग्ने पानी केहि बर्ष देखि विजुली निकाल्नका लागि ढ्वाङमा पसेको छ । ढ्वाङ भित्रको पानीले विद्युत आयोजनाको टर्वाइन घुमाउछ । किसानको खेत सुकाएर टवाईन घुम्दा आयोजनाले करोडौं कमाउछ, तर किसान बेसाहा खोज्न विबस छ ।
लिखु नदी संग पूर्वि रामेछापको सीमा क्षेत्रका नागरिको व्यथा गाँसिएको छ । नदीको पानी जलविद्युत आयोजनाले सुरुङमा हालेपछि स्थानीयहरुले पानीको अभाव भएको कुरा बारम्बार सुनाउने गर्छन् । तर किसानको साथ कसैले दिएको छैन् । जनप्रतिनिधिको कुरा विद्युत आयोजनाका ठुला बडाले सुन्दैनन् । राज्यले विद्युत आयोजनालाई राष्ट्रिय प्राथमिकता आयोजना भनेपछि निर्माण कार्य हुदै स्थानीयले विरोध ग¥यो कि कारवाहि भोग्नु पर्ने अवस्था दखि हाल सम्म गुनासो सुनुवाई भएको छैन् ।
‘पानी ट्याप्पै टालेर लगेका छन्’ स्थानीय सुमित्रा राई सुनुवार भन्छिन – पोकली खोलाको पानीको भरमा किसानको कुलो चल्न छोडेको छ । जलचरहरुलाई समेत समस्या हुन थालेको उनले वताईन । किसानहरुले कुलोमा पानी नचढेपछि मेसिन लगाएर कोशीको पानी तानेर कुलोमा हाल्न बाध्य हुन थालेको उनले वताईन ।
जलविद्युत आयोजनाले कृषि, वातावरण र जलचरका लागि नदीमा कम्तिमा पनि १० प्रतिशत पानी छोडेर मात्र अरु पानी लैजान पाउने नियम रहेको तर आयोजनाले उक्त नियमानुसार नदीमा पानी नछोडेको गुनासो लिखु तामाकोशी गाउ“पालिका २ सैपुका वडा अध्यक्ष संतोष पौडेलले गरेका छन् । ‘हामी गईहाल्यौ भने पानी खोलेको जस्तो गर्छ अन्यथा थोपो पानी छोड्दैन’ पौडेलले भने – जति पटक भन्दा पनि केहि लागेन ।
पौडेलका अनुसार लिखु ३ जलविद्युत आयोजनाको वाँध भन्दा केहि मिटर मात्र तल पोकली खोला दोभान पर्छ । पोकली खोलाको पानी सानो छ । ‘त्यहि पानी देखाएर मैले छोडेको भन्दै आयोजना पन्छिदै आएको छ । पोकली खोलाको पानी थोरै भएकाले लिखु नदीका जलचर र कृषिका लागि पुग्दैन’ पौडेले भने – नदी सुकाइएको छ । लिखु ३ आयोजनाका कारण किसानहरु बढी मारमा परेका छन् । लिखु ३ भन्दा माथिका अरु आयोजनाका कारण प्रत्यक्ष धेरै वेफाईदा छैन् ।
लिखु सुकाएर विद्युत आयोजनाको ढ्वाङमा पानी
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
