काठमाडौँ —राजस्व छलेर नेपाल भित्र्याइएका ठुलो परिणाममा विद्युतीय चुरोट (भेप) राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा बरामद गरेको छ । स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ ।
चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएको थियो । तर यस पटक भने मुस्ताङको कोरला नाकाको पनि प्रयोग भएको छ । राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भएपनि चोरी पैठारी रोकिएको छैन ।
भन्सार छलेर लुकाइछिपाई भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको छ । पछिल्लो पटक राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ ।
पुस १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो ।
राजश्व अनुसन्धान विभागले कोरालाबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त हुन आएका थप सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारेको थियो । उक्त गोदामबाट विभागले ठूलो परिमाणमा भेप बरामद गरेको हो । राजस्वले हाल बरामद गरेको भेपको बजारमा मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी हुन्छ । बरामद भएका भेप विभिन्न ’फ्लेभर’को रहेको छ ।
एउटा भेपको बजार मूल्य १५ सय देखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । एउटा भेपको धूवाँ बढीमा ३० हजार सर्को तान्न मिल्ने जनाइएको छ । भेप खपतका हिसावले ठूलो बजार भारत हो । भारत लैजाने क्रममा दक्षिणी नाकाको आसपासबाट अधिकांश भेप बरामद हुने गरेको छ । विभागका एक अधिकारीका अनुसार अनुसन्धानका क्रममा इमाडोलबाट दुई र मुस्ताङबाट एक जना पक्राउ परेका छन् । थप व्यक्तिको खोजी भइरहेको छ ।
ठुलो परिमाणमा विद्युतिय चुरोट बरामद
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
