रामेछाप । रामेछापको मन्थली नगरपालिकाको नगरसभाको १६ औं अधिवेशन मन्थलीमा सुरु भएको छ । नगरप्रमुख लब श्रेष्ठले उक्त अधिवेशनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मन्थली नगरपालिकामा चालु आर्थिक बर्षको हाल सम्म नगरपालिकामा संचालन भएका विकास निर्माण , सेवा र अन्य गतिविधिका विषयमा प्रकार पार्दै त्यस कार्यमा भएको वित्तिय प्रगतिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नगरसभाकमा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले नगरसभामा प्रश्तुत हुने कार्यसूचि प्रश्तुत गरेका थिए ।
अधिवेशनमा विनीयोजन ऐन, आर्थिक ऐन संशोधनको प्रश्ताव गरीएको छ भने मन्थली नगर अस्पताल व्यवस्थापन र संचालन विधेयक र मन्थली नगरपालिकाको कर तथा गैर कर विधेयक प्रश्तुत गरुीएको छ । अधिवेशमा मन्थली –भुतेखोला– टेकनपुर–कठजोर–धोवि सडकलाई मकै पर्वमा लेखक सुव्वा कृष्णलाल अधिकारीको नामाबाट कृष्णलाल लोकमार्ग नामकरण गर्नका लागि विशेष प्रश्ताव पेश भएको छ ।
कार्यक्रममा रामेछापका विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकी र शहरी स्वास्थ्य चौकीका लागि जग्गा दान दिने जग्गादाताहरुलाई नगर अधिवेशनका क्रममा सम्मान गरीएको थियो ।