दिवा खाजामा वेथिति कतै पैसा, कतै चाउचाउ र कतै अरुचिकर खाजा
11 महीना पहिले प्रकाशित
रामेछाप – रामेछापको उमाकुण्ड गाउ“पालिकामा ४२ वटा सामुदायिक विद्यालय छन् । तर विद्यार्थीलाई दिवा खाजा वनाएर सबै विद्याालयले खुवाउदैनन् ।
‘जनजाति समुदायको वाहुल्य भएको क्षेत्रमा पर्ने भएकाले खाजाको साटो पैसा नै चाहिने अविभावक धेरै भएकाले लागू गर्न गाह्रो भएको थियो’ गाउ“पालिकाका शिक्षा अधिकृत ङावा शेर्पाले भने । ईसिडि देखि कक्षा ६ सम्मका विद्यार्थीलाई संघीय सरकारले खाजा वापतको रकम दिने तर अरु माथिल्ला कक्षामा अध्ययन गर्ने विद्यार्थीले नपाउने भएपछि उमाकुण्ड गाउँपालिकाले कार्यविधिनै बनाएर संघीय सरकारले दिने बाहेकका सबैलाई खाजा दिने कार्यक्रम लागू गरेको छ ।
पालिकाले विद्यार्थी संख्याको आधारमा खाजाको लागि विद्यालयको खातामा पैसा पठाउछ । सबैभन्दा धेरै विद्याार्थी भएको सिद्धेश्वर मावि वाम्तीमा मासिक ७० हजर खाजा वापतको रकम जाने गरेको शेर्पाले वताए । उक्त रकममा अविभावकले समेत लागत साझेदारी गर्दा विद्याार्थीले दैनिक ३० रुपैयाँ सम्मको खाजा खाने अवस्था बनेको उनले वताए । उमाकुण्डमा संचालनमा रहेका ७ माध्यमिक विद्यालय मध्ये अहिले ६ वटा माविमा क्यान्टिन संचालनमा रहेको र साप्ताहिक तालिका बमोजिम क्यान्टिनमै खाजाा पकाएर विद्यालयमानै खुवाउने गरीएको दावि शेर्पाको छ । बाँकी १ माविमा भने क्यान्टिन निर्माणको क्रममा भएकाले दिवा खाजा कार्यक्रम संचालनमा छैन् ।
गोकुलगंगा गाउपालिकामा पर्ने विद्यालयमा पनि दिवा खाजाको एकरुपता छैन । कुनै विद्यालयले वनाएर खुवाउने भएपनि अधिकांश विद्यालयमा दिवा खाजा पाक्दैन । नामाडिको मुनादेवि आधारभुत विद्यालयकी प्रअ लक्ष्मी तामाङ विद्यालयले दिएको मेनु बमोजिम विद्यार्थीले घर बाटै खाजा ल्याउने गरेको वताउछीन । विद्यालयमा सवै व्यवस्थापन गर्न गाह्रो हुन्छ तामाङले भनिन् – त्यहि भएर घर बाटै वनाएर ल्याउन लगाएका हौं । सुरु देखिनै यो चलन चलेको विद्यालयमा खाजा ल्याएको नल्याएको निरीक्षण शिक्षकहरुले गर्छन । खाजा नल्याउनेले पनि पैसा चाहि लगेकै छन् ।
दोरम्बामा प्राय सवै विद्यालयमा दिवा खाजा पाक्छ । तर जंगफुडको लागि नाम कमाएको चाउचाउ पकाएर खाने चलन पनि हटेको छैन । पालिकाका शिक्षा अधिकृत नेत्रप्रसाद गौतमका अनुसार बरु जाउलो वनाएर दिउँ तर जंग फुडको प्रयोग बन्द गरौं भनेर कडा निर्देशन दिइएको छ । हामी सधैं अनुगमनमा पुग्दैनौं, अनि अनुगमनमा जादा पनि छड्के गर्ने रुपमा गएका छैनौं गौतम भन्छन् – आउछौ भनेर जानकारी दिएर जादाँ तालिका बमोजिमनै खाजा पाकेको भेटेका छौं । उनले केहि विद्यालयमा जंग फुड पकाएर दिएको सूचना जानकारी हामीलाई पनि आएको र पालिकाले त्यस्ता विद्यालयका प्रअ लाई स्पष्टिकरण सोधेको गौतमले वताए ।
मन्थलीको पञ्चकन्या आधारभुत विद्यालय कुराउरीले नेपाल स्वच्छ फुड ईन्डष्टि विराटनगरले उत्पादन गरेर उपलव्ध गराएको तयारी खाजा दिने गरेको थियो । तर उक्त कम्पनीको खाजा विद्यार्थीलाई खान दिदा रुचाएनन । ‘नमिठो भने , खानै मानेनन् अरुचिकर भने ’ प्रअ गोपाल प्रसाद घिमिरे भन्छन – त्यहि भएर त्यसलाई हटाईदियौं । अहिले आफ्नै घरबाट बनाएर ल्याउछन, नल्याउनेले नजिकै घर भएकाले घरमै पुगेर खाएर आउछन् , विद्यालयमा पाक्दैन् ।
विराटनगरको उक्त ईन्डष्टिले जिल्लाका १ सय ५० भन्दा बढी विद्यालयमा उक्त खाजा उपलव्ध गराउने गरेको थियाे । ३ महिनाको सझौता गरेर एकै पटक विद्यालयमा खाजा दिने गरेको कम्पनीको खाजामा खिर, गुलियो चकलेट, जाउलो, हलुवा, फुरुनदाना लगाएतका सामाग्री थिए । तर धेरैले उक्त खाजा मन नपराएर विद्यालयबाट हटाए ।
विद्यालयमा दिवा खाजा कार्यका लागि बेग्लै जनशक्ति सरकारले उपलव्ध गराएको छैन् । दिवा खाजाका लागि इन्धन लगाएतको प्रवन्ध गर्न पनि कतिपय विद्यालयलाई धौ धौ भएकाले दिवा खाजा कार्यक्रम धेरैले संचालन गरेकै छैनन् । केहि सामुदायिक विद्यालयले आफ्ना माथिल्लो निकायलाई गर्ने रिपोटिंगमा दिवा खाजा संचालनमा रहेको भने पनि विद्यालयमा पुग्दा नजिकैका किराना पसलमा विद्यार्थीहरु जंग फुडका लागि झुत्तिएका भेटिन्छन् ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
41 मिनट पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
