+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

दुई दिने कृषि प्रदर्शनी मेला सम्पन्न

6 महीना पहिले प्रकाशित

रामेछाप-  मन्थली नगरपालिकाको आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सम्पन्न भएको छ । मङ्गलवार सुरु भएको मेला बुधवार समापन गरिएको हो । मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछापको उत्पादनमा काठमाडौँको बजारसम्म लैजाने व्यवस्था पर्नुपर्ने बताए ।


मन्थलीको सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र तत्कालै सञ्चालनमा ल्याउनु पर्ने भन्दै चिस्यान केन्द्र सञ्चालनमा ल्याउनको लागि बत्ती आवश्यक परेमा तत्कालै बत्ती जडान गर्न लगाउने बताए । ट्रान्फरमर चाहिएमा पनि व्यवस्था गरिदिने मन्त्री तामाङले बताएका छन् । चिस्यान केन्द्र तत्कालै सञ्चालनमा ल्याउनको लागि पहल गर्न बागमती प्रदशेका सांसद आन्नदकुमार श्रेष्ठ र तारानारायण श्रेष्ठलाई आग्रह गर्दै आवश्यक परेर आफूले पनि सहयोग गर्ने बताए ।


मन्थली नगरपालिकाको १४ वटै वडाका उत्पादन बिक्री गर्नको लागि मन्थलीमा सकेसम्म ४० वटाजति र नसके कम्तीमा प्रत्येक वडालाई एउटा हुने गरी १४ वटा ढलानवाला टहरो निर्माण गर्न अनुरोध गरे । नगरपालिका र वडाले उक्त कार्य अघि बढाएमा आफूले बजेटको व्यवस्था गर्ने मन्त्री तामाङले बताएका छन् । जिल्ला समन्वय समितिको लागि व्यवस्थित भवन बनाउन आफू लागिपरेको पनि मन्त्री तामाङको भनाइ छ ।


मन्त्री तामाङले भने ‘कृषिको लागि अनुदान ल्याउने ठाउँ छ भने भन्नुस् त्यसको लागि के गर्नुपर्छ म तयार छु ।’


मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले दुई दिने प्रदर्शनी मेलाले कृषकहरुलाई केही हदसम्म प्रोत्साहन मिलेको बताए । मन्थली नगरपालिकामा रहेको ७ हजार कृषकहरुमध्ये निरन्तर कृषि व्यवसाय गरिरहेका तथा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट अनुदान पाएका कृषकहरुलाई मात्र प्रदर्शनी मेलामा सहभागि गराइएको नगरप्रमुख श्रेष्ठले बताए ।


खेतीयोग्य जमिन बाँझो नराख्ने सरकारको नीति रहेको बताउँदै नगरप्रमुख श्रेष्ठले भने ‘विधि नपु¥याउनुमा सरकार दोषी हुनसक्छ तर कर्म गर्ने कृषकहरुले पनि आफूबाट भएको गल्तीलाई बुझ्नु पर्ने बताए । विभिन्न बाहना बनाएर खेतीयोग्य जमिन बाँझो राख्नुमा कृषकको पनि दोष रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।


दुई दिनसम्म सञ्चालन गरिएको नगर स्तरीय मेलामा मन्थली नगरपालिका भित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा वस्तुहरू प्रदर्शनीमा राखिएको थियो । जिल्ला समन्वय समितिको परिसरमा आयोजना गरिएको मेलामा मन्थली नगरपालिकाका विभिन्न वडाबाट कृषकहरु आफूले उत्पादन गरेको वस्तुहरु प्रदर्शनीका लागि ल्याएका थिए । ५३ वटा स्टलहरुमा कृषि तथा लघु उद्यमीहरुले निर्माण गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको मन्थली नगरपालिकाले जनाएको छ ।


कृषि मेलामा स्थानीय उत्पादन तरकारीमा, बन्दा, काउली, विभिन्न जातका हरियो साग राखिएको छ । मूला, जुनार, कागती अदुवा गाँजर, तरुल लगायतका फलफूल तथा कन्दमुलहरु पनि प्रदर्शनीमा राखिएको थियो ।
त्यसैगरी स्थनीय बाँसबाट बनाइएका ढालो, डोको, जस्ता वस्तुहरुको स्टल राखिएको छ । स्थानीय डेरीहरुद्धारा उत्पादन गरिएको दूधका विभिन्न परिकारहरु, स्थानीय उद्योगहरुद्धारा उत्पादित, कोदो, फापर, जौँ लगायतका बालीबाट बनाइएको विस्कुट, केकलगायत वस्तुहरु पनि प्रदर्शनी मेलामा राखिएको थियो । स्थानीय व्यवसायीले उत्पादन गरेको अण्डा तथा स्थानीय खसी बोका समेत प्रदर्शनी मेलामा राखिएको थियो ।


नगरपालिकाले प्रदर्शनीमा आएका कृषकहरूलाई खान र बस्नको व्यवस्था गरेको मन्थली नगरपालिकाले जनाएको छ । त्यसबाट कृषकहरू अझ उत्साहित भएका छन् । प्रदर्शनीमा मौरीजन्य चिया, कफी, मसला बाली, फुल, कन्दमुलहरू राखिएका थिए । लद्यु उद्यमतर्फ ढाका, साबुन, सरफ, बाँसका सामग्री, हतियार दुनाटपरी र जुसहरू राखिएको थियो । कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि दिइएको थियो ।


मेला समापन कार्यक्रमको अवसरमा प्रदर्शनीमा सहभागि भएका विभिन्न बिधामा १० उत्कृष्ट कृषकहरुलाई सम्मान समेत गरिएको छ । उत्कृष्ट कृषकहरुलाई ५ हजार २५ रुपैयाँ नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खानेपानीमा लगाएको कर छुटको माग

रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर..

1 घन्टा पहिले

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ आंै स्थापना दिवसका अवसरमा सोमबार जिल्ला सदरमुकाम मन्..

2 घन्टा पहिले

कजवे बगाउदा यातायात अवरुद्ध

रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..

1 दिन पहिले

दुर्गम समुदायमा अदालती कुरा

रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..

1 दिन पहिले

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..

रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..

3 दिन पहिले