रामेछाप । दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आवागमन र यात्रुको संख्या बृद्धि हुन थालेको बेला रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो ।
बुधबार देखि संचालनमा ल्याइएका यात्रु सहायता कक्षमा मन्थलीको देबकोटा चोक, सेलेघाट र खिम्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयका सुरक्षाकर्मीले संयुक्त रुपमा यात्रु सहायता कक्षमा सेवा गर्ने छन् ।
यात्रु सहायता कक्षले चाडबाढमा क्षमता भन्दा बढी यात्रु हालेर गुड्ने सवारी साधन, बढी भाडा असुल गर्ने साधनहरुको अनुगमन, गुनासो संवोधन र सहजिकरण गर्नेछ । गैरकानुनी रुपमा सवारी संचालन भएको पाइएमा कानुन बमोजिम कारवाहि गर्ने, सचेतना गर्ने लगाएतको कार्य पनि यस विचमा हुने जनाइएको छ ।
