रामेछाप । दशैंका लागि घर छेप्ने कमेरो माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर चेप्दा मृत्यू भएका रामेछापको लिखु तामाकोशी ४ बिजुलीकोटका सोमबहादुर महतको बुधबार तामाकोशी नदी किनारमा अन्तेष्टि गरीएको छ ।
मंगलबार दिउँसो कमेरो माटो खन्ने क्रममा किचिएर उनको ज्यान गएको थियो । महतको मन्थली अस्पतालमा पोष्टमार्टम गरी अन्तेष्टि गरिएको वताइएको छ ।
