रामेछाप । लुक्लाका लागि पर्यटन सिजन सुरु भए सगै रामेछाप विमानस्थलबाट उडान थालेका निजी बायुयान कम्पनीहरुले रामेछापबासीको सुविधाका लागि काठमाडौं– रामेछाप– काठमाडौं पनि सेवा दिने भएका छन् ।
नागरिक उड्डयन कार्यालय रामेछापका एसिटी रमिल बरियाका अनुसार सीता, समिट र तारा एयरले सातामा एक एक उडान गर्ने तालिका सार्वजनिक गरेका छन् । यो उडान चाडबाड लक्षित रहेको छ । उडान तालिका बमोजिम अव रामेछापबाट काठमाडौंका लागि हरेक विहिबार समिट एयर , शुक्रबार सीता एयर र शनिबार तारा एयरले उडान गर्ने भएका छन् ।
एटिसी बरियाका अनुसार अक्टोबर १ देखि लागू भएको उक्त उडान तालिका बमोजिम आउने बिहिबार देखि रामेछापबासीले सो सुविधा पाउने छन् ।
त्यसैगरी लुक्लाका लागि पनि रामेछाप विमानस्थलबाट उडान र अवतरण थालिएको छ । काठमाडौं विमानस्थलबाट प्रयाप्त उडान र अवतरण गर्न हवाई चापका कारण नसकेपछि विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सिजनभर रामेछाप विमानस्थलबाट प्रयोग गरेर सेवा संचालन थालिएको हो ।
