रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला समिति शुक्रबार पुनर्गठन गरिएको हो । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा भएको पार्टी पुनर्गठन कार्यक्रममा अन्य पार्टीका कार्यकर्ताहरुलाई सो पार्टीमा प्रवेश समेत गराइएको छ ।
उज्यालो नेपाल पार्टी रामेछापका अनुसार पुनर्गठित जिल्ला समितिको जिल्ला अध्यक्षमा चिना लामा, उपाध्यक्षमा दामोदर तामाङ सचिवमा मोतिलाल घिसिङ, उप सचिवहरुमा सागर थापा, अर्जुन घिसिङ र तेन्जीङ लामा र कोषाध्यक्षमा देब रुम्बा रहेका छन् ।
