रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा असोज १३ गते रामेछापमा भएको संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधिहरुको मतगणना अझै जारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

कुल १ हजार ७ सय १३ मतदान भएकोमा शुक्रबार विहान सम्म १ हजार १ सय मतगणना सकिएको छ । अझै ६ सय १३ मत गणना गर्न बाँकी रहेको छ । प्रदेश पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधिको मतगणना शुरुनै भएको छैन् ।

शुक्रबार विहान सम्म गणना सकिएको १ हजार १ सय मतमा यसअघी महाधिवेशन जित्दै आएका केहि नेताहरु पछि परेका छन् । सवैभन्दा चासोको रुपमा हेरिएको खुला तर्फको १० कोटामा युवाहरुले स्थान बनाउदा उनीहरु पछि परेका हुन् । खुला १० कोटामा ३८ जना प्रतिस्पर्धामा थिए ।

खुला तर्फ सबैभन्दा बढी मत दिपक खड्काले प्राप्त गरेका छन् । उनले सुरु देखिनै अरुलाई अघी बढ्न दिएका छैनन् । खड्काले ४ सय ८१, लेखवहादुर कार्कीले ४ सय २४, निरोज खड्काले ४ सय १७, लबश्री न्यौपानेले ३ सय ३९, केशव महतले ३ सय ३४, विनोद कार्कीले ३ सय २७, उज्वलराम घिमिरेले ३ सय २४, सुन्दर चालिसेले ३ सय २२, रामचन्द्र खड्काले ३ सय १८ र प्रकाश कटुवालले ३ सय ७ मत ल्याएर १० स्थान भित्र समेटिएका छन् । अर्जुन केसी, रत्न कार्की, भरत चौलागाई, जितेन्द्र मोक्तान, विरवहादुर तामाङ र संजय बुढाथोकी उनीहरुलाई पच्छ्याईरहेका छन् ।

महिला खुला तर्फ केन्द्रीय सदस्य विनीता खड्काले सबैभन्दा बढी मत पाएकी छिन् । ३ वटा कोटा रहेको उक्त स्थानमा १ हजार १ सय मत गणना सक्दा खड्काले ५ सय १३ मत पाएकी छिन् । चिना खड्काले ४ सय ९२, एन्जिला न्यौपानेले ३ सय ७५ र उर्मिला कार्कीले ३ सय ७१ मत पाएका छन् ।

समानुपातिक जनजाती तर्फ कार्यबाहक जिल्ला अध्यक्ष नबराज थोकर अग्रस्थानमा छन् । तीनवटा कोटा रहेको उक्त समूहमा थोकरले ३ सय ६३ मत प्राप्त गरेका छन् । गेल्जे शेर्पाले ३ सय १२ र राजेश कुमार श्रेष्ठले २ सय ४३ मत प्राप्त गरेका छन् । अल्पसंख्यक तर्फको १ स्थानमा तोरण बहादुर सुनुवारले ३ सय २१, दलित तर्फको १ कोटामा सन्ध्या घतानेले ४ सय ८०, अपाङ्ग तर्फको १ कोटामा गुणराज भट्टराई ( आकास) ले ४ सय ५५, प्रजातान्त्रिक सेनानी तर्फको १ कोटामा आधि लामाले २ सय ४३ मत ल्याएर अग्रस्थान बनाएका छन् ।

त्यसैगरी समानुपातिक जनजाति महिला तर्फको ३ कोटामा ज्योति सुनुवार ५ सय ३, कुमारी हायु ४ सय ५७ र रामकुमारी डाँगि ३ सय ९९ मत ल्याएर स्थान बनाएका छन् । समानुपातिक खस आर्य तर्फको दुई कोटामा काजीवहादुर खड्का ( दिनेश ) ले ५ सय ८५ मत र कमान खड्का ( दिपेन्द्र) ले ३ सय १८ मत पाएका छन् । समानुपाति खस आर्य महिला तर्फको १ कोटामा श्रृजना खड्काले ५ सय ३५ मत ल्याएर स्थान सुरक्षित बनाएकी छिन् ।

श्रमिक कोटा तर्फको १ कोटामा विष्णु घिसिङ अगाडि छन् । उनले २ सय ८१ मत पाएका छन् । पेशागत तर्फको १ कोटामा ई. नारायण घिमिरेले ३ सय ६६, युवा महिला तर्फको १ कोटामा ज्ञानु श्रेष्ठले ३ सय ७९ मत र युवा खुला तर्फको २ कोटामा उत्तमकुमार कार्कीले ४ सय ४४ मत र विनोद बुढाथोकीले ३ सय ५९ मत पाएका अग्रस्थान बनाएका छन् ।