रामेछाप । आफैले अध्यापन गराउदै आएकी १३ बर्षिया बालिकालाई परिक्षामा पास गराईदिन्छु भनि बाल याैन दुराचार गर्ने रामेछापको सुनापति ५ खनियापानीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा गौरादह नगरपालिका ४ स्थायी घर भई खनियापानीको एक विद्यालयमा अध्यापन गराउदै अएका नबराज भण्डारीलाई बुधबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार निजलाई बालयौन दुराचारको अभियोगमा अनुसन्धान अघी बढाउनका लागि रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप लिई हिरासतमा राखिएको छ ।

भण्डारीले ति बालिकालाई संवेदनशिल अंगमा छुने, चिमोट्ने, फेसबुक मेसेन्जरमा संवेदनसिल भिडियो पठाउने कार्य पटक पटक गरी बालयौन दुरुपयोग गरेका थिए ।