रामेछाप । रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी बीनु बज्राचार्य कुँवरको तीन महिनामानै सरुवा भएको छ । उनीलाई गृह मन्त्रालय तानिएको छ । गएको असार १० गते मात्र रामेछापमा प्रजिअको रुपमा कुँवरको सरुवा भएको थियो ।
गृह मन्त्रालयले कुवँर सहित केहि प्रजिअ र सहायक प्रजिअको दुई दिन अघी सरुवा गरेको थियो । रामेछापमा पठाउने नयाँ प्रजिअको बारेमा भने कुनै निर्णय भएको छैन् । रामेछापमा सह–सचिव स्तरको प्रजिअको दरवन्दी रहेको छ ।
