रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तरगत रामेछाप जिल्लामा मंगलबार संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश कार्यसमितिका पदाधिकारीको लागि निर्वाचन भएको छ । निर्वाचन बाट संघीय महाधिवेशनमा ३३ जना चुनिने छन् ।

जिल्ला निर्वाचन समितिका अनुसार वडा तहबाट चुनिएका १ हजार ७ सय ८९ जना क्षेत्रीय प्रतिनिधिहरु मध्ये मंगलबारको निर्वाचनमा १ हजार ७ सय १३ जनाले मतदान गरेका छन् । मंगलबार विहानै देखि सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्म चलेको थियो । समितिले मतगणनाको कार्य बुधबार बिहान ८ बजे देखि गर्ने जनाएको छ ।
