रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा असोज १० गतेका लागि तोकिएको संघीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन बर्षाको कारण स्थगीत गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको परिपत्र र नेपाली काँग्रेस रामेछापका नेताहरु संगको संवाद पछि उक्त निर्वाचन कार्यक्रम असोज १३ गते हुने गरि तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँ तथा नगर अधिवेशनबाट चुनिएका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु प्रदेश र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार हुन र मतदान गर्न मन्थलीमा जम्मा हुने क्रम बढीरहेको बेला उक्त निर्णय बाहिर आएको हो ।