रामेछाप । नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका रामेछापको गाउँ अधिवेशन बाट विराज श्रेष्ठ सर्ब सम्मत रुपमा सभापति पदमा निर्बाचित भएका छन् । 

पार्टीको १५ औं महाधिवेशनको क्रममा बुधबार सभापति पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गएका थिए । उम्मेदवारी दिनेहरु सुरेश कार्की, बेदराज लामा र मनोज बुढाथोकीले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्बसम्मत रुपमा सभापति चयन भएका हन् । श्रेष्ठले यस अघी नेपाली काँग्रेस खाँडादेवि ५ को वडा सभापति रहेर काम गरेका थिए ।

खाँडोदवि गाउँपालिकामा काँग्रेसका अन्य पदाधिकारी तथा सदस्यहरु समेत निर्बिरोध चयन भइसकेका थिए । बुधबार भएको नगर तथा गाउँ अधिवेशनको क्रममा मन्थली नगरपालिकामा सुरेश काफ्ले, गोकुलगंगा गाउँपालिकामा रबिन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिकामा दिपक पुलामी मगर, दोरम्बा शैलुङ गाउँपालिकामा लालबहादुर थापामगर र सुनापति गाउँपालिकामा रमेश केसी र उमाकुण्ड गाउँपालिकामा महेश भण्डारीको नेतृत्वमा सर्ब सम्मत रुपमा पालिका स्तरको समिति गठन भएको थियो ।

यसैविच रामेछाप नगरपालिकामा भने सभापति पदका लागि विवाद उत्पन्न भएको छ । आकांक्षि धेरै भएपछि पूर्व नगर सभापति कमलविक्रम कार्कीलाई अघी सारेर सर्ब सम्मत बनाउन खोजिएको थियो । उक्त विषय संचारमाध्यममा आईसकेको पनि थियो । विवाद सकियो भन्दै प्रतिनिधिहरु फर्किएपछि कार्कीलाई विधान सम्मत रुपमा सभापति मान्न नसकिने भन्दै निर्वाचन समितिमा उजुरी दर्ता भएको छ । नगर सभापतिका लागि लगातार दुई कार्यकाल सभापति भएकाले तेश्रो कार्यकालमा सभापति नपाउने विधान तथा निर्वाचन कार्यविधिमा उल्लेख हुदाँ हुदै स्वयं नगर सभापति समेत नभएको बेलामा उक्त निर्णय लिएकोमा उक्त विषयमा उजुरी दर्ता गराउनु परेको काँग्रेस नेता लालवहादुर तामाङले जनाएका छन् ।

विवाद समाधानका लागि कार्कीलाई अघी सारे पनि उनले भने सामाजिक संजालमा अधिवेशनमा उपस्थित हुन नसकेको जनाउदै अधिवेशन सफलताको कामना गरेका थिए । कार्की हाल छोराको शोकमा बसेका छन् । रामेछाप नगर सभापतिका लागि के गर्ने भन्ने कुराको निर्णय निर्वाचन अधिकृतले दिईसकेका छैनन् । बिहिबार अपरान्ह सम्म त्यस बारेमा आधिकारीक निर्णय नआएपछि पार्टी कार्यलयमा अनशन बस्ने लगाएतका विरोधका कार्यक्रम गर्ने चेतावनी समेत नगर स्तरका नेताहरुले दिन थालेका छन् ।