काठमाडौं । नेपालगंजबाट विहिबार विहान यात्रु लिएर डोल्पाको जुफाल पुगेको सीता एयरको नाईन एन एजेएस कल साईनको डोर्नीयर विमान अवतरणको क्रममा सामान्य दुर्घटनामा परेको छ । अवतरणको क्रममा पछाडिको एउटा पाङ्ग्रा खुस्कीएपछि धावन मार्ग कोर्दै विमान विचमै अड्किन पुगेको छ । विमानमा सामान्य क्षति पुगेको भएपनि ठुलो दुर्घटना हुन पाएन ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार विच धावन मार्गमानै रोकिएको विमानमा ७ जना विदेशी सहित १३ जना यात्रु र चालक दलका सदस्य रहेका थिए । उनीहरु सवैलाई विमानबाट निकालिएको छ । हाल धावन मार्गबाट विमान बाहिर धकेलेर निकाल्ने प्रयास जारी रहेको छ ।
