शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गते प्रकाशित सूचना बमोजिम मौदम पूर्वानुमान महाशाखाको सूचना अनुसार भारी बर्षाका कारण विद्यार्थी, विद्यालय र विद्यालय समाजमा पर्न सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन मन्थली नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा सार्वजनिक विदा दिइएको छ ।

मन्थली नगरपालिकाले गरेको आग्रह पछि नगर क्षेत्रका सवै विद्यालयहरु आज वन्द रहेका छन् । विद्यालय हिडेका बालबालिका मध्ये केहि विद्यालय बाट र केहि विच बाटो बाटै फर्केका छन् । मन्थली लगाएत रामेछापका अधिकांश क्षेत्रमा  राती देखिनै बर्षा  भईरहेको छ । 

मन्थली नगरपालिकाले सार्वजनिक सूचना जारी गरी बर्षाबाट हुन सक्ने भौतिक संरचनाको आकलन गरी सुरक्षा तथा सावधानि अपनाउन, सुरक्षा निकाय संग समन्वयमा रहन र कुनै क्षति भईहालेमा एमआईएस पोर्टलमा समावेश गर्न विद्यालयहरुलाई आग्रह गरेको थियो ।