रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा बुधबार भएको गाउँ नगर अधिवेशनमा रामेछाप जिल्लाका विभिन्न ५ वटा पालिकामा पदाधिकारी तथा सदस्यहरु सर्ब सम्मत चुनिएका छन् ।

नेपाली काँग्रेस निर्वाचन समिति रामेछापका अनुसार मन्थली नगरपालिकाको नगर सभापतिमा रमेश काफ्ले सहितका पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा दिपक पुलामी मगर , उमाकुण्ड गाउँपालि

कामा महेश भण्डारी, गोकुलगंगा गाउँपालिकामा रबिन्द्र बस्नेत र दोरम्बा शैलुङ गाउँपालिकामा लालवहादुर मगरको अध्यक्षतामा गाउँ समितिहरु निर्बिरोध निर्वाचित भएका छन् ।

रामेछाप नगरपालिका, खाँडादेवि गाउँपालिका र सुनापति गाउँपालिकामा नगर तथा गाउँ अधिवेशनको उद्घाटन सत्र समाप्त भई निर्वाचन प्रकृयाहरु संचालन भईरहेको छ । समितिमा उम्मेदवारी दिने उम्मेदवारहरु सहमतिको लागि प्रयासरत रहेकोले मतदानको तालिका केहि धकेलिएको छ । सहमतिको अधिकतम प्रयासहरु तीनै वटा पालिकामा जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

