रामेछाप । लेखक तथा राजनीतिक विष्लेषक भरत दाहाललाई तत्काल रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ रामेछापले मंगलबार मन्थलीमा सिठ्ठी जुलुश प्रदर्शन गरेको छ ।
विभिन्न नारा लगाउदै विद्यार्थीहरुले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दाहालको तत्काल रिहाईको माग गरेका थिए । प्रदर्शनका क्रममा नेबिसंघका नेता सञ्जय बुढाथोकीले बालेन सरकारले वाक र प्रेस स्वतन्त्रता माथि हनन गरेको भन्दै दाहालको पक्राउ त्यसैको उपज भएको वताएका थिए । उनले सरकारलाई संविधान प्रदत्त नागरिक अधिकारको प्रयोग गर्दा नागरिक माथि हुने दमन बन्द गर्न समेत चेतावनी दिएका थिए ।
