रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २०८३ साल भदौ महिनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी निरीक्षक कमल राउतलाई सम्मान गरेको छ । अपराध अनुसन्धान, शान्ति सुरक्षा लगाएतको कार्यमा राउतले सम्पादन गरेको कार्यको मूल्यांकन गरी भदौ महिनामा उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
तीन दिन अघी प्रदेश प्रहरी कार्यालय बागमतिले २०८३ साल भदौ महिनामा प्रदेश भरका प्रहरी कार्यालयका प्रमुखहरु मध्ये जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तुलाल प्रसाद जैसवारलाई उत्कृष्ट प्रहरी घोषित गरी सम्मान गरेको थियो ।
