काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएकी छिन् । बिहिबार प्रधानमन्त्री बालेन्द्र साहलाई सम्बोधन गर्दै मन्त्री यादवले राजीनामा बुझाएकी उनका प्रेस संयोजकले जानकारी दिएकी छिन् ।
बुधबार मात्र भएको एक कार्यक्रममा मन्त्री यादवले ग्याँस अभाव बारे उत्तेजक अभिव्यक्ती दिदै उद्योगीहरुलाई पाता नफर्काए सम्म ग्याँसको अभाव नहटने वताएकी थिईन । उक्त अभिव्यक्ती प्रति उद्योगी व्यवसायीहरुले आपत्ति जनाउदै उनीले माफि माग्नु पर्ने वताएका थिए ।
कर्मचारीले दैनिक प्रशासन चलाउन देखि कानुन बनाउन सम्म असहयोग गरेको भन्दै उनले आफुले प्रयास गर्दा पनि कुनै सुधार हुन नसकेको गुनासो गरेकी थिईन । उनी चैत २७ गते गठित मन्त्री परिषदमा मन्त्री भएकी हुन् ।
