रामेछाप । नेपाली काँग्रेसका संस्थापक नेता तथा जननायक विपी कोईरालाको १ सय १३ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस रामेछापले बुधबार मन्थलीमा रहेको विपी कोईरालाको सालिकमा माल्यापर्ण गरेको छ ।
नेपाली काँग्र्रेसकी केन्द्रीय सदस्य बिनीता खड्का, काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, कार्यबाहक जिल्ला सभापति नबराज थोकर लगाएतले स्वर्गीय कोईरालाको सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पदाधिकारीहरु र भातृसंस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सोहि अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।
