रामेछाप । जापानमा व्यवसाय गर्दै आएका दोलखाका युवा व्यवसायी टीका श्रेष्ठले नेपालको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावितहरुको लागि राहत तथा उद्धार कार्यका निमित्त प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा झण्डै २१ लाख रुपैया सहयोग पठाएका छन् । विगत १३ बर्ष देखि जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठले उक्त रकम प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा जम्मा गरीसकेका छन् ।

जापान बाट उनका आफन्त राजु श्रेष्ठका अनुसार नेपालमा विपतमा परेका परिवारको विचल्नीमा उक्त रकमले थोरै भएपनि सहयोग पुगोस भनेर उक्त सहयोग गरेको वताएका छन् । नेपालीहरुको दुख्ख हेरेर त्यसै बस्न सकिएन, हामी फेरी पनि कमाउने छौं श्रेष्ठले भनेका छन् – तर यस्तो दुख्ख फेरी कहिल्यै नआयोस ।