हेटौंडा । बागमती प्रदेशका मूख्य मन्त्री ईन्द्रवहादुर बाँनियाले सोमबार मूख्य मन्त्रीको पद बाट राजीनामा दिएका छन् । मूख्यमन्त्रीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि झण्डै एकमहिना अघी देखि बानियाँ अल्पमतको सरकार चलाइरहेका थिए ।
बाँनियाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बाहेक प्रदेशसभामा रहेका अन्य राजनीतिक दलको समर्थन लिएर मूख्यमन्त्री पदमा निरन्तरता दिन चाहेका थिए । त्यहि योजना अनुरुप उनले हाम्रो नेपाली पार्टीका २ जना सांसद मध्ये एकजनालाई मन्त्री पदमा नियुक्ती गरेका थिए । तर राप्रपा र नेमकिपाले समर्थन नदिने भएका कारण उनले प्रदेशसभामा विश्वासको मत लिने प्रयास गर्दा पनि सफल नहुने भएपछि सोमबार राजीनामा दिएका हुन् ।
बागमति प्रदेश सरकारमा आफ्नै पार्टीका बहादुरसिं लामालाई हटाएर झण्डै १३ महिना अघी मूख्यमन्त्री नियुक्त भएका नेपाली काँग्नेसका संसदीय दलका नेता बाँनिया अव कामचलाउ मूख्य मन्त्री मात्र रहनेछन् । अर्को मन्त्री मण्डल गठनको स्पष्ट खाका पनि बागमति प्रदेशमा अझै देखिईसकेको छैन् ।
नेकपा र नेकपा एमालेका विच भएको सहमति बमोजिम बागमती प्रदेशमा नेकपा एमालेको संसदीय दलका नेता मूख्यमन्त्री नियुक्त हुनेछन् । तर एमालेका जगन्नाथ खतिवडालाई संसदीय दलको नेताबाट हटाउन सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेका कारण त्यसमा मतदान र अर्को संसदीय दलको नेता चुन्न बाँकी छ । त्यसरी चुनिएको नेताले पनि विश्वासको मत प्राप्त गर्न दुई वटा कम्युनिष्टको घटक भन्दा बाहिर बाट २ मत पुग्दैन् । हानेपा, मजदुर किसान पार्टी र राप्रपाले सहयोग नगरे एमालेका संसदीय दलका नेताले पनि मूख्यमन्त्रीका लागि दावि पेश गर्नका लागि बहुमत पु¥याउन सक्दैनन् ।
नेपालको संविधान बमोजिम कुनै एक मात्र दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुई भन्दा बढी दलबाट नियुक्त भएका मूख्य मन्त्रीले राजीनामा दिएपछि एक वा एक भन्दा दलको समर्थनमा बहुमत पु¥याएर दावि पेश गर्न प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने हुन्छ । त्यस्तो आव्हान गर्दा तोकिएको मितिमा आवश्यक बहुमत पु¥याएर दावि पेश नगरे प्रदेश प्रमुखले संसदमा सबैभन्दा ठुलो दलका नेतालाई सरकार बनाउनका लागि आव्हान गर्ने व्यवस्था रहेको छ । यदि उक्त धारा प्रयोगह ह्ुने अवस्थामा ईन्द्रबहादुर बाँनिया मूख्य मन्त्री पदमा अर्को महिना सम्म कायमै हुनेछन्् । संविधान बमोजिम त्यस्तो मूख्यमन्त्रीले पनि ३० दिन भित्र संसदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ ।
बागमति प्रदेशमा नेपाली काँग्रेसका ३६, नेकपा एमालेका २५, नेकपाका २६, राप्रपाका १२, मजदुर किसान पार्टीका ३ र हानेपाका २ जना सांसद रहेका छन् । सरकार बनाउन ५३ जना सांसद आवश्यक पर्दछ ।
