रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ट नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको अवधि नसकिदै विघटन हुने खतरा बढेपछि बामपन्थि शक्ति संग मिलेर सरकारमा जान थालेको बताएका छन् ।

नेकपाको सरकार बनाउने र गिराउने खेलमा नलाग्ने भन्ने स्पष्ट निती हुदाँ हुदै पनि संघीयता र संविधान माथि आक्रमण हुन थालेकोले सरकारमा जानु पर्ने परिस्थिति श्रृजना भएको वताउदै पार्टी एकतको विषयमा अहिले छलफल नभएको श्रेष्ठले वताए ।

मेछापको दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाको डाडाँकटेरीमा आयोजित २३ औ दोरम्बा स्मृति सभामा आईतबार बोल्दै बरिष्ट नेता श्रेष्ठले पार्टीलाई रुपान्तरण र पुनगर्ठन प्रकृयाको उत्कर्षमा पुर्याएर मात्र महाधिवेशनमा जानुपर्ने वताएका छन् । महाधिवेशन अघीनै लोकतान्त्रिक र बामपन्थि शक्तिहरु संग राष्ट्रिय सवालहरुमा एकता गरेर अघी बढ्नु पर्ने वताए ।

दोरम्बा शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष धनवहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दोरम्बा घटनामा शहीद भएका परिवारहरुको तर्फबाट कपिलराज गिरी र नेकपाका दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष टीका माल्वुकेले दोरम्बामा बगेको रगत खेर जानु नहुने भन्दै तत्कालिन माओवादीले अघी सारेका मागहरु अझै पुरा नभएकोले त्यस तर्फ सरकार तथा पार्टीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेता श्रेष्ठ, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठ लगाएतका नेताहरुले शहीदहरुको शालीकमा माल्यार्पण गरेका थिए ।

तत्कालिन माओवादीले थालेको शसस्त्र विद्रोहको चरणमा २०६० साल भदौ ३२ गते रामेछापको व्यारेक बाट दोरम्बामा पुगेको शाहि नेपाली सेनाले युवराज मोक्तानको घरमा पार्टी बैठक र विवाह कार्यक्रममा भेला भएका माओवादी कार्यकर्ताहरुलाई घेरा हालेको थियो । त्यस क्रममा २ जना त्यहि घरमा र अन्य १९ जनालाई डाडा कटेरी लगेर गोली हानी हत्या गरेको थियो । मोक्तानको घरमा भेला भएका केहि माओवादी नेता तथा कार्यकर्ता भन्ने भाग्न सफल भएका थिए । मारिनेमा तत्कालिन माओवादी जिल्ला जनसरकार बाबुराम लामा समेत उच्च तहका जिल्ला नेताहरु थिए ।

युद्ध विराम भएका बेला सेना आफ्नो व्यारेक बाट ५ किलोमिटरमा सिमित रहेकोले माओवादीहरु दरविलो सुरक्षा नबनाई भेलामा बसेका थिए । तर उक्त शर्तको उल्लघंन गर्दै झण्डै १२ कोष टाढा रहेको रामेछापबाट गएको सेनाको टोलीले उनीहरु बसेको घर घेरेर कव्जामा लिई हात बाँधेर घिसार्दै डाडाँकटेरी पु¥याई त्याहाँ मारेको थियो । तत्कालिन सरकारले गठन गरेको रायमाझी आयोगले दोरम्बा घटनामा सेनाको गल्ति भएको भन्दै उक्त घटनामा सम्लग्न शैनिक अधिकारीहरुलाई बरखास्त गर्नुका साथै विभिन्न नसियत दिन सिफारीस गरेको थियो । उक्त सिफारीस तत्कालिन सेनाले कार्यान्वयन गरेको थियो ।

माओवादी मारीएको डाडाँकटेरी दोरम्बा भन्दा ठिक उत्तर तर्फ डडुवामा पर्छ । उक्त स्थानमा हरेक बर्ष साउन मसान्तको दिन दोरम्बा स्मृति दिवस मनाउने गरिएको छ । उक्त स्थानमा दोरम्बा घटनामा मारिएका सबै २१ जनाको शालीक राखिएको र सभा हल निर्माण गरिएको छ । उक्त घटनामा मारिएका परिवारले दोरम्बा हत्याकाण्ड जनयुद्धको अवधिमा नेपालमा भएका नरसंहारकै रुपमा लिने गरेको र उक्त घटनामा मारिएका शहीद र उनीहरुका परिवारलाई राज्यले पृथक व्यवहार गर्नुपर्ने वताउदै आएका छन् ।