रामेछाप । रामेछापको मन्थलीमा रहेको नबजागरण बचत तथा ऋण सहकारी संस्थाले मंगलबार २८ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार श्याम थापाले उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा व्यवपस्थापक रमेश उदासले साकोसको बार्षिक प्रगतिका साथै विभिन्न गतिविधिमा संस्थाको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

२८ बर्ष अघी मन्थलीको टेकनपुरमा स्थापना भएको उक्त संस्थाले हाल आफ्नो कार्यक्षेत्र भित्र रहेका ९ हजार १ सय ६५ जना शेयर सदस्यहरु संग बचत तथा ऋणको कारोबार गर्दै आएको छ । संस्थामा हाल सम्म ५४ करोड ३ लाख ५५ हजार बचत संकलन भई शेयर सदस्यहरुलाई ३२ करोड ५८ लाख ३९ हजार ऋण लगानी भएको छ । संस्थाको कुल सम्पत्ति ७४ करोड ११ लाख ९५ हजार पुगेको जनाइएको छ ।