हेटाौंडा । बागमति प्रदेश सरकारमा रहेका नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सबै ६ जना मन्त्रीले राजीनामा बुझाउदै छन् । राजीनामा आजै देखि लागू हुने गरी दिन लागिएको एमाले संसदिय दलको कार्यालयले जनाएको छ ।
एमालेले मन्त्रीहरुको राजीनामाको विषयमा केहि दिन अघी देखि चर्चा चल्दै आएको थियो । बागमति प्रदेश सरकारले प्रदेशमा कायम १४ मन्त्रालयबाट घटाएर ८ मन्त्रालय बनाएपछि सरकारमा जिम्मेवारीको विषयमा केहि मतभेद भएको थियो । त्यसैगरी नेपाली काँग्रेसले अव नेकपा एमाले संगको सहकार्यलाई अघी बढाउन नसकिने भन्ने निष्कर्ष निकालेपछि वर्तमान सत्ता गठवन्धन संकटमा परेको थियो ।
बागमति प्रदेशका ६ जना मन्त्रीको राजीनामा सगैं नेपाली काँग्रेसबाट मूख्य मन्त्री बनेका ईन्द्रवहादुर बाँनियाको सरकारलाई एमालेले दिएको समर्थन समेत फिर्ता लिने निर्णय समेत एमालेले गरेको छ । यो संग बाँनियाको मूख्य मन्त्री पद संकटमा परेको छ । बागमति प्रदेश लगाएत अन्य प्रदेशहरुमा समेत नेकपा एमाले र नेकपाको गठवन्धनमा सरकार गठन गर्ने सम्बन्धमा सोमबार देखिनै केन्द्रीय राजनीति सरगर्मी भइरहेको छ ।
