रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयलाई नयाँ संरचनामा बदल्ने भएको छ । साउन देखि उक्त कार्यालयमा पशुपंक्षिको नाम समेत जोडेर कृषि तथा पशुपंक्षि विकास कार्यालयको स्थापना हुन लागेको हो ।
हाल रामेछाप जिल्लामा पशुपंक्षि सम्बन्धि कार्य सिन्धुलीमा रहेको पशुपंक्षि कार्यालयले हेर्दै आएको थियो । रामेछापमा सम्पर्क कार्यालय राखेपनि उक्त कार्यालयको काम प्रभावकारी रुपमा भएको थिएन । रामेछाप सहित ४ जिल्लामा कृषि र पशुपंक्षिको काम समेत गर्ने एकिकृत कार्यालय र अन्य ८ जिल्लामा कृषि र पशु सम्बन्धि काम गर्ने बेल्लाबेग्लै कार्यालय रहनेचन् ।
मंगलबार मन्थली नगरपालिकामा पुगेका बागमति प्रदेशका कृषि तथा पशुपंक्षि विकास मन्त्री मधुसुधन पौडेलले उक्त योजनाको जानकारी गराएका हुन् । नगरपालिकाद्धारा गरिएको स्वागत कार्यक्रममा मन्त्री पौडेलले यो पटक देखि सरकारले कृषि तथा पशुपालन क्षेत्रको कामलाई अलि बढी व्यवस्थित गर्ने गरी काम गर्ने योजना अघी सारको दावि गरे । उनले बागमति साना किसानलाई केहि नयाँ कार्यक्रम ल्याएको र तल्लो तहका किसानलाई अलिबढी व्यवसायीक बनाउने सरकारको प्रयत्न सरकारको रहने वताए ।
व्यवसायीक किसानका लागि प्रविधि जुटाईदिने र तल्लो तहका किसानहरुका लागि व्याज अनुदान दिने व्यवस्था सरकारले गरेको मन्त्री पौडेलले वताए । सरकारले प्रदेशका १ हजार भन्दा किसानलाई उक्त अनुदान दिन सक्ने सरकारको तयारी रहेको उनले वताए ।
