रामेछाप । उज्यालो पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले नागरिकका अघी गरेको सुशासनको दिने बाचा भन्दा ठिक उल्टो गतिमा अघी बढिरहेको वताएका छन् ।
‘रास्वपाको नेतृत्वमा बनेको यो सरकारले सुशासन दिने बाचा गरेको थियो तर केपी ओली सरकार भन्दा पनि बढी कुशासन तिर देशलाई लगिरहेको छ’ घिसिङले भने – त्यस्ता दर्जनौ उदाहरण छन् , केपीको जस्तै गर्ने हो भने परिवर्तनको के अर्थ, नागरिकले हालेको मतको के कदर भयो र ।
बर्तमान सरकारले नागरिकलाई सुशासनको नाममा सास्ती दिने गरेको वताउदै उनले भने – राजनीतिज्ञ र कर्मचारीलार्ई ईगो साध्नका लागि समातेर थुन्ने र मुद्धा लगाउने काम भएको छ । यसले हिजोको दिनमा भएको ओली सरकार भन्दा यो सरकार एक कदम माथि रहेको बुझ्न गाह्रो नभएको घिसिङको भनाई थियो । गल्ति गर्नेलाई थुन्ने भन्दा पनि मन नपरेकोलाई थुन्ने गर्न थालेको भन्दै उनले भने – कर्मचारी क्षेत्रमा सवैजना डराएको अवस्था छ ,अव के हुन्छ ? सवै अन्यौलमा रहेका छन् ।
रवि लामिछानेकै लागि विभिन्न अदालतमा विचाराधिन मुद्धा फिर्ता लिने कार्यले सरकारले भन्दै आएको सुशासनको रुप उदाङ्गो भएको उनले दावि गरे । ‘आफ्नै अनुकुलको न्यायाधीश भएका बेला अदालतबाटै मुद्धाको अन्तिम निरुपण गरेर सफाई लिएको भए भैहाल्थ्यो ’ घिसिङले भने – रविलाई लगाएको मुद्धा गलत थियो, त्यो वास्तविक हो । तर फिर्ता प्रकरणले झन शंकाको घेरामा पर्न गयो । उनले सांसदलाई जस्तो सुकै मुद्धा लागे पनि निलम्बन नहुने गरि प्रतिनिधिसभा नियमावली ल्याउने र बलजफ्ति पारित गराउने कार्य सुशासनको रुपमा लिन नसकिने भन्दै उनले भने – त्यो पनि रविकै लागि ल्याएको हो । ‘सामान्य कर्मचारी निलम्बन हुने, सांसद चाँहि नहुने भन्ने कहिँ हुन्छ ’ उनले भने ।
पश्चिमी ओखलढुंगाको कार्यक्रम सकेर शुक्रबार गृह जिल्ला रामेछापको मन्थलीमा आईपुगेका पूर्व मन्त्री समेत रहेका घिसिङले देश आर्थिक रुपमा संकटमा परेको प्रति चिन्ता जनाए । ‘मुलुक आर्थिक रुपले उधोँगति तिर गइरहेको छ’ घिसिङले भने – देशभर निर्माण कार्य देशभर ठप्प छ, जताततै महंगि बढेर सर्वसाधारण नागरिकमा छटपटि छ, यो सरकारले आर्थिक सुधारको काम गर्नै सकेको छैन् ।
नयाँ सरकारले ल्याएको बजेट प्रति पनि घिसिङले सवै क्षेत्रमा निराशा देखेको वताए । ‘बजेटबाट केहि सुधारको कुरा देखिएन, आयात प्रतिस्थापन गर्नुपर्नेमा बढाउने तिर सरकार लागेको छ, व्यक्तिगत आयमा छुट दिएको भने पनि सर्वसाधारणलाई त्यसले कुनै फाईदा पुग्ने देखिदैन् ’ घिसिङले भने – सांसदले व्यक्तिगत आयमा कर तिर्नुपर्ने बाध्यता देखेर आयको सिमा बढाएको जस्तो देखिन्छ ।
लामो समय सम्म उर्जा क्षेत्रमा काम गरेर अनुभव बटुलेका उनले विद्युतमा सरकारले लगाएको भ्याटको विरोध गरे । ‘विजुलीमा १३ प्रतिशत भ्याट लगाउने कुरा सुहाउने कुरै होईन, यो त भारतमा पनि छैन् ’ घिसिङले भने – विद्युतिय गाडिमा लगाएको करका कारण कमसल खालका गाडि मात्र नेपाल भित्रीने अवस्था भएको छ । महंगा गाडिको कर तिर्ने नसक्ने गरी दर बढाइएकोमा उनले रोष पोख्दै भने – विद्युतिय गाडिमा लगाएको करका कारण अव निम्नकोटीका विद्युतिय गाडिको डम्पिङ गर्ने थलो नेपाल हुनेछ । विजुली उपयोग गर्दा मेसिन विग्रने लगाएका प्रधानमन्त्रीका कुरा हास्यास्पद भन्दै उनले भने – विजुली बढी भन्दा बढी प्रयोग गर्दा पनि प्रधानमन्त्रीले भनेको जस्तो केहि हुनेवाला छैन् , धेरै केहि भईहाल्यो भने एउटा सामान्य ट्रान्सफरमरमा समस्या आउला, फेर्दा भैहाल्छ । उनले उर्जाको खपत बढाउनु पर्ने वताए ।
‘देशमा सरकार त छ तर सरकार कसले चलाएको छ भन्ने कुरा अन्यौल छ’ घिसिङले भने – ५ बर्षका लागि निर्वाचित सरकारले बढी भन्दा बढी छलफल गरेर संसदबाट नियम कानुन बनाउनु भन्दा पनि तत्कालै अध्यादेश बाट देश चलाउन खोज्ने, मन्त्रीहरुले प्रधानमन्त्री भेटनै नपाउने, कसैले सम्पर्क गर्न खोज्यो भने मुद्धा लगाउने अनि सरकार चाँहि पुरै अटोक्रयाटको भरमा चलाउने कुरा देखिएको छ , यो सुशासनको रुप हुनैसक्दैन् । उनले सुकुम्बासीलाई अलपत्र बनाएको, भारतको भूमि नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिएको र सहकारी ठग्ने बाट नभै सरकारी कोष बाट पैसा बाड्न थालेको कार्यको निन्दा गर्दै सरकार ३ महिनामानै असफल भईसकेको दावि गरे ।
कार्यक्रममा उक्त पार्टीका नेता केदार खड्काले उज्यालो नेपाल पार्टी संगठन विस्तारका क्रममा नागरिक तहमा पुग्न थालेको वताए । उनले सवै जिल्लामा संगठन विस्तार गर्दै गाउँ तह सम्म पुगेर नागरिकको भावना बुझ्ने कामको सुरुवात गरेको वताए ।
