रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको प्रथम जिल्ला अधिवेशनले रमेश रायमाझीको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्बाचित गरेको छ ।

शनिबार मन्थलीमा भएको प्रथम जिल्ला अधिवेशनले उक्त निर्णय गरेको हो । जिल्ला सभापति पदाका लागि विभिन्न व्यक्ति आकांक्षि भएपनि सहमतिले नेतृत्व चयन गरेको हो ।

पार्टीको उप सभापतिमा मोहन कार्की, सचिवमा दिलवहादुर थापा ( दिनेश ) कोषाध्यक्षमा समिक्षा श्रेष्ठ र सहसचिवमा टेकवहादुर सुनुवार ( जोहन ) रहेका छन् ।
जिल्ला सभापति रमेश रायमाझीको अध्यक्षतामा भएको प्रथम जिल्ला अधिवेशनको प्रतिनिधिसभा अर्थ समितिका सभापति डाक्टर कृष्णहरी बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति लेखवहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, नेपाली कम्युनिष्ट पार्टीका हेमन्त पौडेल, राप्रपाका फणिन्द्र खड्का र नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष दिपक घिमिरेले जिल्ला अधिवेशनको शुभकामना सहित समसामयिक राजनितिक विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा रास्वपाका पालिका सभापतिहरुले समेत आफ्ना धारणा राखेका थिए ।