रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापको आयोजनामा भएको २ दिने क्षमता विकास तालिम शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी तथा अगुवा व्यवसायीहरु समेत गरी तालिममा ४० जनाको सहभागिता रहेको थियो ।
मन्थली नगरपालिका १ नम्बर वडाको आर्थिक सहयोगमा संचालन भएको उक्त तालिममा नेपाल उद्योग बाणिज्य महासंघका प्रशिक्षक उत्तम झा ले प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले बिहिबार गरेका थिए ।
शुक्रबार भएको समापन कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविनकुमार केसीले वताएका छन् ।
