रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ गौश्वारामा ससुराको खुकुरी प्रहार बाट बुहारी सख्त घाईते भएकी छिन् । शनिबार दिउँसाे साे घटना भएको हाे । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घरायसी विवादमा स्थानीय पासेबन निवासी ७२ बर्षिय गगावहादुर मगरले आफ्नै बुहारी ४१ बर्षिया कमला मगरलाई खुकुरीले छप्काएका हुन् ।

घाईते मगरको शरिरका विभिन्न भागमा खुकुरीको गहिरो चोट रहेको छ । घाईतेलाई साँझ हेलिकप्टरबाट उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । घाईतेको अवस्था गम्भिर रहेको जनाइएको छ ।