रामेछाप । नेपाली कम्युनिष्ट पार्टीले रामेछाप जिल्ला समितिको जिम्मेवारी हेरफेर गरेको छ । हेरफेर पछिको जिल्ला समितिमा पनि पुनः श्यामकुमार श्रेष्ठ ९कुशल ० लाई जिल्ला ईन्चार्जको जिम्म्मेवारी दिईएको छ । श्रेष्ठ पूर्व गृहराज्यमन्त्री तथा संविधानसभा सदस्य हुन् ।
एकिकृत समाजवादी संगको पार्टी एकता पछि भएको पार्टी एकिकरण पश्चात विभिन्न जिल्लामा नेतृत्वहरुको परिवर्तन गर्ने क्रममा श्रेष्ठलाई ईन्चार्ज र रामवहादुर बोहोरालाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको हो । यसअघी जिल्ला संयोजकको जिम्मेवारीमा कमानसिं मोक्तान रहेका थिए । मोक्तानलाई सह संयोजकको जिम्मेवारी दिइएको जनाइएको छ । पार्टीले बागमती प्रदेशका सवै जिल्लामा नेतृत्वहरु फेरबदल गरेकाे छ ।
