मन्थली । बिमा क्षेत्रमा भएको कारोबारको हिसावले यस बर्ष नेपालमा सबै भन्दा उत्कृष्ठ स्थान ओगट्न सफल रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले शनिबार रामेछापको मन्थलीमा व्यवसायिक अन्तरक्रिया गरेको छ ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले कम्पनीले बिमाकर्ताहरुलाई विभिन्न सुविधा सहित लगानीको पूर्ण सुरक्षामा जोड दिएको वताए । कम्पनीले विभिन्न आयमूलक क्षेत्रमा लगानी गरेको प्रसंग उल्लेख गर्दै उनले नेपालका बिमा कम्पनीहरुमा उत्कृष्ट स्थान ओगटेको र उक्त स्थानमा कायम रहनका लागि निरन्तर सहयोगको अपेक्षा गरे । कम्पनीको ५ अर्ब १९ कराेड बराबर चुक्तापूँजी रहेको छ।
रामेछाप उद्योग वाणिज्य संघका नबनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले विमा क्षेत्रमा कम्पनीबाट भएका गतिविधिकोे चर्चा गर्दै आगामी दिनमा सामुदायिक उत्तरदायित्वको भूमिका निभाउन आग्रह गरेका थिए । कार्यक्रममा रिलाईबल नेपाल लाईफ ईन्स्योरेन्स रामेछाप शाखाकी प्रमुख शान्ता श्रेष्ठले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत भए गरेका कार्यको चर्चा गरेकी थिईन् ।
कम्पनीमा आवद्ध एजेन्सी एड्भाइजर सग समेत लोहनीले शनिवारनै भेटघाट गरेका थिए।
