रामेछाप । नेपाली काँग्रेस रामेछापले क्रियाशिल सदस्यता अद्यावधिक गर्नका लागि शुक्रबार देखि जरा अभियान थालेको हो । उक्त अभियान जेठ २१ सम्म संचालन हुनेछ ।
पार्टीका पूर्व केन्द्रीय सदस्य तथा रामेछापका लागि तोकिएका केन्द्रीय प्रतिनिधि किरण गिरीको उपस्थितिमा शुक्रबार बीपी स्मृति भवनमा आयोजित भेलामा उक्त अभियानका बारेमा जानकारी गराइएको हो ।
जरा अभियान अन्तरगत रामेछापका सवै वडामा रहेका नेपाली काँग्रेसका साविकमा क्रियाशिल सदस्य भरेका नेता तथा कार्यकर्ताले डिजिटल सदस्यता भरी अद्यावधिक गरिनेछ । त्यसका लागि काँग्रेसले तयार पारेको सफ्टवेयरको बारेमा समेत भेलामा जानकारी गराइएको छ ।
पार्टीका कार्यबाहक जिल्ला सभापति नबराज थोकरको अध्यक्षतामा भएको उक्त भेलामा उपसभापति लेखवहादुर कार्कीले नेपाली काँग्रेसको सिद्धान्त प्रति प्रतिबद्ध सबै साथिहरु पार्टीमा अटाउने तर विगतमा जस्तो लापरवाहि तबरले सदस्यताको वितरण कार्य रोक्नका लागि काँग्रेसले सदस्यता अद्यावधिक अभियान ल्याएको वताए । यो अभियानले पार्टीमा सदस्यता सुद्धिकरण हुनेमा उनले विश्वास व्यक्त गरे । पार्टीमा पक्षका विच असन्तुष्टि हुदैमा त्यसलाई सकिएको अर्थमा बुझ्नु नहुने भन्दै उनले एकै थलोमा बसेर समस्याको समाधान गरि अघी बढ्नु पर्नेमा जोड दिए ।
पार्टीका नेता तथा निवर्तमान जिल्ला सभापति लबश्री न्यौपानेले विगतमा जिल्लामा रहेका क्रियाशिल सदस्य संख्याकै हाराहारीमा हामीले अभियानमा साथिहरुलाई समेटनु पर्ने वताए । असन्तुष्ट र निष्कृय रहेका सवै लाई पार्टीमा एकताबद्ध भएर लैजानु पर्नेमा उनले जोड दिए ।
पूर्व जिल्ला सभापति तथा पार्टी नेता रामचन्द्र खड्काले नेपाली काँग्रेसको ईतिहास गर्भिलो भएकोले त्यस्तो पार्टीको कार्यकर्ताहरुले अवका दिनमा फेरी संघर्ष गर्नुपर्ने अवस्था आईपरेको वताए । पार्टीमा दण्डहिनताका कारण पनि मनपरी हुदै आएको भन्दै उनले दण्डहिनताको अन्त्य गर्नुपर्ने वर्ता ।
केन्द्रीय प्रतिनिधि किरण गिरीले नेपाली काँग्रेस निर्वाचन हार्दैमा नसकिएको भन्दै पार्टी सदस्यता अद्यावधिक र सुदृढिकरण गर्दै सवैको साथ र सहयोग लिएर अघी बढ्ने वताए । एउटा निर्वाचन हार्दैमा नआत्तिने काँग्रेसको ईतिहास रहेको उल्लेख गर्दै गिरीले फेरी पनि मुलुकको लोकतन्त्र, संविधान र नागरिकको अधिकारको रक्षाका लागि काँग्रेसलेनै अगुवाई गर्ने दिन आउने वताए ।
कार्यबाहक जिल्ला सभापति नबराज थोकरले जिल्लामा सबैलाई समेटेर अघी बढ्ने वताए । उनले जरा अभियानमा सवै नेता तथा कार्यकर्ताहरुलाई आ आफ्नो क्षेत्रमा जुट्न उनले आग्रह गरे । उनले जिल्ला समितिका सबै पदाधिकारीहरु अभियान लगाएत पार्टीकाे गतिबिधि संचालनमा एकजुट भएको वताए ।
१५ औं महाधिवेशनका लागि रामेछापमा करिव ९ हजार ७ सयको संख्यामा क्रियाशिल सदस्य कायम रहेका थिए । अहिलेको अभियानमा त्यसै भित्रका सदस्यहरुलाई डिजिटल फर्ममा लैजान लागिएको हो ।
