रामेछाप । रामेछाप नगरपालिकालाई पूर्ण खोप सूनिश्चितता पालिका घोषणा गरिएको छ । बुधबार रामेछापमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिकी अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झा ले रामेछाप गनरपालिकालाई पूर्णखोप सूनिश्चितताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, जनस्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झा लगाएतले रामेछाप नगरपालिका भित्र रहेका कुनै पनि बालबालिकाहरु खोपसेवा बाट बञ्चित हुनु नपरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने कुरामा प्रतिबद्धता प्रकट गरेका थिए । कार्यक्रममा उक्त अभियानमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यसअघी उक्त नगरपालिकाका सवै वडाहरुलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको थियो । दुई दिन अघी मात्र उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिकालाई पूर्ण खोप सूनिश्चितता पालिका घोषणा गरिएको थियो ।
