काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभा तथा नयाँ नेतृत्वको लागि हुन लागेको अधिवेशन स्थगित भएको छ । बिहिबार उच्च अदालत पाटनले महासंघको साधारण सभा तथा निर्वाचन अदालतमा परेको रिटको अन्तिम निर्णय नहुदा सम्म रोक्न आदेश दिएपछि महासंघको निर्वाचन समितिले साधारण सभा र निर्वाचन सम्बन्धि कार्यक्रम स्थगित भएको सूचना जारी गरेको हो ।
उच्च अदालत पाटनकमा न्यायाधीश खड्गवहादुर केसी र दिपक खनालको संयुक्त ईजलासले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले गरेको रिटको सुनुवाई गर्दै महासंघको साधारण सभा तथा निर्वाचन रोक्न आदेश जारी गरेको हो । यसअघी सो अदालतका न्यायाधीश स्वीकृति पराजुलीको ईजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । बिहिबार सोहि आदेशलाई निरन्तरता दिने फैसला आएको हो ।
