हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशको अध्यक्षमा वेदवहादुर श्रेष्ठ निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी दुर्गाराज श्रेष्ठलाई पराजित गरेका थिए ।
मंगलबार हेटौंडामा सकिएको निर्वाचनमा बस्तुगत उपाध्यक्ष तर्फ प्रेमहरी मैनाली विजयी भएका छन् । वस्तुगत तर्फको कोषाध्यक्ष पदमा रुद्रवहादुर खत्री विजयी भएका छन् । अन्य पदमा भने निर्बिरोध भएको थियो ।

महासंघको प्रदेश समितिको एशोसिएट तर्फको उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् भने वस्तुगत तर्फको सदस्य पदमा ज्वोतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ चुनिएका छन् । एशोसिएट तर्फको सदस्य पदमा उत्तम शर्मा ढकाल र नविन्द्र देव सिंह, जिल्ला नगर तर्फको सदस्यमा कृष्णकुमारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, राजकुमार कँडेल, राजन कार्की र सनत थापा निर्विरोध निर्वाचित भएका छन् ।
