रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ बिजयी भएका छन् । प्रतिस्पर्धी कुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पछाडि पार्दै उनी बिजयी भएका हुन् ।

रामेछाप उद्योग वाणिज्य संघको केहि बेर अघी मात्रै सकिएको मतगणनामा प्रकाशकुमार श्रेष्ठले ९ सय ३२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कुमार श्रेष्ठले ४ सय ३ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा निर्बाचित श्रेष्ठ यसअघीको कार्यसमितिमा बरिष्ट उपाध्यक्ष रहेका थिए भने पराजित हुने कुमार श्रेष्ठ यसअघी महासचिव रहेका थिए ।

शुक्रबार सम्पन्न मतदानमा जिल्लाका कुल १ हजार ६ सय ९८ मतदाता मध्ये १ हजार ३ सय ६२ जनाले मतदान गरेका थिए । उक्त मतदानमा कुल २७ मत बदर भएको थियो ।

संघमा रहने कुल १५ पदाधिकारी तथा सदस्यहरुमा १४ जना निर्बिरोध निर्बाचित भइसकेका थिए । अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेकोले शुक्रबार मतदान भएको हो ।