कुलायन गुरु दिपक चेला परिवार रामेछापको प्रथम जिल्ला अधिवेशन शनिबार रामेछापको मन्थलीमा सम्पन्न भएको छ ।

अधिवेशनले रामजी केसी खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णवहादुर कार्की, सचिवमा पुष्कर फुँयाल, सहसचिवमा सुजन खत्री र कोषाध्यक्षमा राजकुमार केसी चयन भएका छन् ।

समितिका सदस्यहरुमा निरञ्जी खड्का, सुरज खड्का, ज्ञानवहादुर बस्नेत, लालवहादुर खड्का, पदमबहादुर बुढाथोकी, मानवहादुर खड्का, यामवहादुर थापा, विष्णुप्रसाद बोहोरा, कृष्णकुमार खड्का र कुमार चौलागाई रहेका छन् ।

कुलायन गुरु दिपक खड्काको संरक्षकत्वमा उनका चेलाहरुले केहि महिना अघि मात्र दर्ता गरेको उक्त संस्थाले धार्मिक र कुलायन सम्बन्धि कृयाकलापका साथै सामाजिक कार्य गर्ने जनाएको छ ।

अधिवेशनको लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्ष केशव महतले उद्घाटन गरेका थिए । कार्यक्रममा कुलायन गुरु दिपक खड्का लगाएतले संस्था दर्ता र यसको उद्धेश्यका बारेमा प्रकाश पारेका थिए ।