रामेछाप । रामेछापको मन्थली नगरपालिका ४ सालुमा संचालन गरिएको एक दिने आँखा शिविरमा ७५ जना भन्दा बढीको आँखा परिक्षण तथा उपचार गरिएको छ ।
अन्धोपना उपचार परियोजनाको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, सामुदायिक आँखा सल्यक्रिया केन्द्र रामेछाप र मन्थली नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको उक्त शिबिरमा सालु र आसपासका क्षेत्रका बासिन्दाले आँखाको परिक्षण तथा उपचार गराएका थिए । शिविरमा आँखाको परिक्षणका साथै चस्मा लगाउनु पर्ने , मोतियाविन्दुको समस्या र आँखाका अन्य रोगीहरुले सेवा प्राप्त गरेको सालु स्वास्थ्यचौकीले जनाएको छ ।
