रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ गौश्वाराका ६० बर्षिय प्रेमवहादुर तामाङले आफ्नै ज्वाईको हत्या गरेका छन् । सोमबार विहान ससुराली गएका प्रेमवहादुरका ज्वाई विरवहादुर तामाङको ससुराको कुटाई बाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक भोला भट्टका अनुसार सोमबार विहान घरायसी सामान्य भनाभन भएका बेला ससुरा प्रेमवहादुर ज्वाई माथि जाई लागेका थिए । उनले मुक्का प्रहार गरी ज्वाईको ज्यान लिएका थिए ।

विरवहादुरको हत्या पछि घर छोडेर फरार भएका प्रेमवहादुरलाई मंगलबार गौश्वाराकै खारपानीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई कर्तव्य ज्यान सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।