रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीमा शनिबार आयोजित निशूल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा धेरैले स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको उक्त शिविरमा दाँत, आँखा, मुटुरोग, दम, स्त्री रोग र जनरल रोग सम्बन्धि रोगको परिक्षण गर्नुको साथै उपचार र औषधि वितरण गरिएको थियो । शिविरमा तामाकोशी अस्पताल मन्थली, रामेछाप सामुदायिक आँखा केन्द्र मन्थली र बेताली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले विरामीको रोग परिक्षण तथा उपचार गरेका थिए ।