रामेछाप । रामेछाप जिल्ला अस्पतालले आफ्नै जनशक्ति र उपकरणको प्रयोग गरी पहिलो पटक हाडजोर्नीको शल्यक्रिया गरेको छ । सोमबार एकै दिन दुई शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
यसअघी बाह्य अस्पताल र विज्ञको सहयोगमा बेला बेलामा हाडजोर्नीको शिविर मार्फत शल्यक्रिया गरेपनि रामेछाप अस्पताल आफ्नै क्षमतामा गरेको यो पहिलो शल्यक्रिया थियो । अव धेरै जटिल अवस्थाका बाहेक अन्य हाडजोर्नीका विरामीको शल्यक्रिया रामेछाप अस्पतालले गर्ने योजना बनाएको छ ।
सोमबार खुट्टाको हड्र्डी भाँचिएर अस्पताल पुगेकी ६३ बर्षिया महिलाको स्टिल राखेर शल्यक्रिया गरीएको थियो । शल्यक्रियाका लागि आवश्यक पर्ने स्टिल बाह्य बजारबाट मगाएर उक्त शल्यक्रिया गरीएको हो । रामेछापको आन्तरिक बजारमा हाडजोर्नीमा शल्यक्रिया गर्दा राख्ने स्टिलका पार्ट पाईदैन् । त्यसैगरी सोमबारनै पहिले शल्यक्रिया गरी स्टिल निकाल्नु पर्ने विरामीको पनि शल्यक्रिया मार्फत स्टिल निकालेको रामेछाप अस्पतालले जनाएको छ ।
केहि दिन अघी मात्र जिल्ला अस्पतालको नेतृत्व सम्हालेका मेडिकल सुपरिडेन्टेन्ट डा. सागर जर्घामगर र अर्थोपेडिक डा. नविनकुमार यादवको टिमले रामेछाप अप्पतालमा पहिलो पटक हाडजोर्नीको शल्यक्रिया गरेका थिए । जर्घामगर पनि हाडजोर्नी विशेषज्ञ हुन् ।
१५ सैयाको उक्त अस्पताललाई क्षमता वृद्धि गरी २५ सैयामा पु¥याउने निर्णय बागमति प्रदेश सरकारले गरिसकेको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन् । जिल्ला अस्पताल २५ सैयाको नहुँदा सम्म शल्यक्रिया गराउनका लागि बेहोस गराउने एनेस्थेसियन डाक्टरको दरबन्दी हुदैन् ।
‘एनेस्थेसियन डाक्टर नहुदाँ जटिल प्रकारका हाडजोर्नीको शल्यक्रिया गर्न नसकिने अवस्था छ’ जिल्ला अस्पताल प्रमुख डा. जर्घामगर भन्छन् – शरिर पुरै बेहोस गराएर शल्यक्रिया गर्न एनेस्थेसियन नभई हुदैन् । हाल जिल्ला अस्पतालमा एनेस्थेसियन सहायक मात्र कार्यरत छन् । उनको सहयोगले शरिरको निश्चित भागलाई मात्र लाटो बनाएर गर्ने शल्यक्रिया गर्ने बाटो खुलेको हो । पुरै बेहोस गराउने अधिकार एनेस्थेसियन सहायकलाई हुदैन् । डा. जर्घामगरले आन्तरिक श्रोत थोरै भएको र स्थानीय सरकारको पनि बुता भन्दा बाहिर भएका कारण आफ्नै श्रोतले एनेस्थेसियन पाल्न सकिने अवस्था नभएकोले तत्कालै जटिल प्रकारका शल्यक्रिया गर्ने अवस्था भने नभएको वताए । ‘एनेस्थेसियन डाक्टर नहुदाँ सम्म आईसियुमा भर्ना गर्नुपर्ने खालका जटिल अवस्थाका विरामीलाई हामी शल्यक्रिया गर्ने आँट गर्दैनौं ’ उनले भने ।
जिल्ला अस्पतालमा यसअघी शल्यक्रिया कक्ष र आवश्यक अन्य साधन श्रोतहरु व्यवस्थापन गरिएको थियो । तर हाडजोर्नीको शल्यक्रिया भने गर्ने हिम्मत गरिएको थिएन् । अहिले पनि केहि साधनहरु अझै थप गर्नुपर्ने अवस्था छ डा जर्घामगरले भने – विस्तारै जोगाड गर्दै हामी निरन्तर नियमित सेवा दिने मनसायमा पुगेका छौ ।
जिल्लामा सवारी दुर्घटना तथा अन्य कारणले हुने ाडजोर्नी भाँचिएका विरामीले हाल सम्म काठमाडौ या धुलिखेल अस्पतालमा पुगेर शल्यक्रिया गराउने गरेका थिए । त्यस्ता अस्पतालमा पुग्न विरामीलाई आर्थिक रुपमा धेरै कठिनाई हुदै आएको थियो । ‘ अव जिल्लामानै सेवा थालिएको छ’ डा. जर्घामगरले भने – भरसक काठमाडौं पठाउदैनांै ।
२०७२ सालको विनासकारी भूकम्प पछि विदेशी सहयोगमा पुननिर्माण भएको अत्याधुनिक जिल्ला अस्पतालले प्रभावकारी सेवा प्रवाहमा फड्को मारेको छ । अस्पतालले संचालन गरेका मृर्गौला रोगको डायलासिस सेवा , दाँत सेवा लगाएतबाट बढी लाभ लिइरहेका छन् ।
‘जिल्लामा हाल सम्म हाडजोर्नीको शल्यक्रिया गर्ने सुविधा थिएन’ रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले भने – जिल्ला अस्पतालले उक्त सेवा समेत शुरु गरेकोमा जिल्लाका नागरिकहरुलाई अव धेरै सहज र सस्तोमा उपचार गर्ने बाटो खुलेको छ ।
