+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

7 घन्टा पहिले प्रकाशित

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका विभिन्न दुई आधारभुत र दुई माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् ।

सोमबार चिसापानी र गेल स्थित विद्यालयहरुमा आयोजित न्यायो कपडा वितरण कार्यक्रममा नेता चौलागाईले झण्डै ६ सय बालबालिकाहरुलाई ट्याकसुट वितरण गरेका हुन् । चौलागाईले आफुले गरेको सहयोग विशुद्ध सामाजिक भएको र बालबालिकाहरुलाई जाडोको बेलामा पठन पाठनमा चिसोको कुनै पर्वाह नहोस भन्ने उद्धेश्यले अभिप्ररित भएर गरिएको कार्य भएको उल्लेख गरे ।

मन्थली ८ को नबदर्शन आधारभुत विद्यालय र जगदम्बा आधारभुत विद्यालय र ११ नम्बर वडाको मनकामना मावि नाटीला र शारदा मावि गेलुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त कपडा उपलव्ध गराइएको हो ।

राजनीति सगैं सामाजिक काम गर्दै आएका चौलागाईले यस अघी विभिन्न विद्यालयमा ट्याकसुट र झोला वितरण गरीसकेका छन् । केहि महिना अघि मात्र कठजोरमा झण्डै १ हजार २ सय विद्यार्थीहरुलाई उनले न्यानो कपडाका साथै जेहेन्दार तथा गरिव वालबालिकाहरुलाई छात्रवृद्धि र विद्यालय झोला वितरण गरि फर्केका थिए । उनको उक्त अभियान अझै जारी रहने जनाइएको छ । मंगलबार समेत केहि विद्यालयमा ट्याकसुट वितरण गर्ने कार्यक्रम रहेको वताइएको छ ।

समाजसेविको भूमिकामा जिल्लामा अग्र स्थानमा देखिएका चौलागाईले केहि बर्ष अघी देखि रामेछापका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री, कम्प्युटर लगाएतका उपकरणमा उल्लेख्य सहयोग हुदै आएको छन् । नेता तथा समाजसेवि चौलागाईले मठमन्दिर, गुम्बा र देबालय निर्माण र स्वास्थ्य सेवाका लागि गरेको सेवा उल्लेख्य रहेको छ ।

न्यायो कपडा वितरण कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति नबराज थोकर र सचिव बिनोद कार्की लगाएतका नेताहरुले समेत समाजसेवि चौलागाईले समाज र शिक्षा क्षेत्रमा पु¥याएको योगदानले शिक्षा क्षेत्रको श्रीबृद्धि गर्नमा सहयोग पुग्नुका साथै अविभावकहरुलाई थोरै भएपनि आर्थिक रुपमा मद्धत पुग्ने कुरामा जोड दिएका थिए । शैक्षिक सहयाेग गर्ने चाैलागाईलाई विद्यालयबाट सम्मान समेत गरिएको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पैसा नलिई कुल उतार्ने कुलायन गुरु 

रामेछाप । कुलदेवताको पुजा अर्थात देवालीमा कुल उतार्ने कुलायन गुरु महंगा हुन थालेका छन् । एउटा कुल पुजामा ३ देखि ५ ..

3 घन्टा पहिले

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..

7 घन्टा पहिले

काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..

23 घन्टा पहिले

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

2 दिन पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

2 दिन पहिले