+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

13 घन्टा पहिले प्रकाशित

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौश्वारा र गौश्वाराबासीलाई चोरी गर्नेहरु बसोवास गर्ने थलो नभै कर्मसिलहरुको थलो बनाउनका लागि स्थानीयहरु लागि परेका हुन् ।

जुगल हिमाल तिर फर्केको चिसो ठिहिर्यादो रामेछापको उत्तरपश्चिमी पाखो दोरम्बा शैलुङ गाउँपालिका ४ गौश्वाराका केशरवहादुर थापामगर अचेल बारीको काउली र बन्दा टिपेर काठमाडौंको बजार पठाउने र त्यसबाट आएको पैसाले डोको भर्दैछन् । उनी गौश्वाराको अगुवा किसान हुन् । उनले फुलकाउली र बन्दाकाउली बारीमानै विक्री गरेर यो बर्ष झण्डै १० लाख भित्र्याएका छन् ।

‘राम्रो भाउ आएकोले ८/१० लाख भयो होला’ थापामगर भन्छन् – पोहोर २० रुपैयाँ केजिमा बेच्न पनि हम्मे भयो, यो बर्ष ८० रुपैयाँमा पनि हारालुछ भयो । गौश्वाराका गाउँगाउँमा पुग्ने व्यवसायीले काठमाडौंको बजार अनुसारको भाउ दिएर किसानकोबाट आलु, काउली र बन्दा उठाउछन् । भारतबाट कालिमाटीमा बढी मात्रामा तरकारी भित्रीयो भने आन्तरिक उत्पादनले भाउ पाउदैन् । तराई र भारतको माल काठमाडौंमा थोरै आयो भने स्थानीय तरकारी उत्पादक किसानहरु मालामाल हुन्छन् । ‘संयोग यो बर्ष त्यस्तै भएर होला, हाम्रोमा सामान पनि बचेन, मोल पनि राम्रै आयो’ थापामगरले भने – आलु र काउली बन्दा फलाउने सवैले राम्रै पैसा कमाए । नत्र उत्पादन बढाएपनि भाउ खस्कदो अवस्थामा थियो, खेति गर्ने किसानहरुलाई कुनै हौसला थिएन् ।

यो बर्ष काउली र बन्दाको भाउ अत्याधिक आएको छ । वडा सदस्य समेत रहेका बिक्रम थापा मगर भन्छन् – गत बर्ष २० रुपैयाँमा बेच्न धौ धौ भएको काउली यो बर्ष ८० रुपैंयाँ केजिले उत्पादन भएको बारीमानै विक्री भयो । उच्च पहाडि क्षेत्रको चिसो हावापानीमा फलेको काउली र बन्दा काठमाण्डौको बजारमा अत्याधिक रुचाईने भएकाले यो बर्ष उत्पादक किसानले धेरै पैसा पाएका हुन् ।

मुढेको आलु भनेर काठमाडौंमा कहलिएको आलु यहि गौश्वारा क्षेत्रबाट जाने हो । पहिले ढुंगेमा संकलन गरेर मुढे हुदै काठमाडौं लाने भएकाले मुढेको आलु भनेर कहलियो । अहिले सिधैं काठमाडौं जान्छ, तर अझै गौश्वाराको ब्राण्ड पाएको छैन् । कालोमाटो सहितको आलु अहिले पनि मुढेकै नाममा काठमाडौंमा पुग्छ ।

वडा अध्यक्ष घिसिङ भन्छन् – गौश्वाराबाट मात्र बर्षको ४ सय गाडि आलु काठमाडौं पुग्छ । आलु झिकेपछि खाली हुने बारीमा काउली र बन्दा लगाउने किसानले बर्षमा ३ सय गाडि काठमाडौंमा पठाउछन् । हाम्रो जग्गा खालीनै बस्दैन उनले भने – काउली र बन्दा सकिन थालेको छ, किसानहरु अव आलु खेतिको लागि बारी तयारी गर्न थालिसके । पुसको अन्तिम तिर आलु रोप्नका लागि अहिले गौश्वारामा बारी जोत्ने काम धमाधम छ ।

केहि बर्ष अघी सम्म चोरहरुको गाउँ भनेर चिनिने रामेछापको गौश्वारा अहिले पहिचान बदल्ने अभियानमा छ । उत्तर फर्केको सेब्जिलो पाखो जमिनमा प्राय सवैले व्यवसायीक तरकारी उत्पादन थालेका छन् । धेरै फलाउनेले बर्षमा ८–१० गाडि आलु काउली र बन्दा विक्री गर्छन्, वडा अध्यक्ष श्याम घिसिङ भन्छन् – अल्छि गर्नेले पनि कम्तिमा पनि आधा गाडि सामान पठाएकै हुन्छन् । सामान्य कमाई गर्नेले पनि १ देखि डेढ लाख सम्म कमाएकै छन् ।

गौश्वारा अव पहिलेको जस्तो बदनाम कमाउने अवस्थामा छैन् । पुराना केश अझै केहि बाँकी रहेकोले गौश्वारको नराम्रो खवर अहिले पनि कहिलेकाँहि आउने गरेको उनले सुनाए । हामी सुध्रिनुपर्छ भन्ने सन्देश गाउँमा फैलिएको छ, जनप्रतिनिधिहरुले समेत बारम्बार यो कुरा सम्झाईरहेका हुन्छन् ।

केहि बर्ष अघी सम्म काठमाडौंमा हुने ठुला चोरीका घटनामा गौश्वाराको नाम जोडिने गरेको थियो । कोहि न कोहि गौश्वाराका मानिस त्यस्ता घटनामा मुछिने गरेका थिए । तर अहिले त्यस्तो छैन्, वडा अध्यक्ष भन्छन् – अव चोरी हैन्, गौश्वारामा श्रममा विश्वास गर्नेको जमात बढेको छ, सवै परिश्रमी बनेका छन्, परिश्रमको कमाईले गाउँको पहिचान बदल्ने अभियानमा लागेका छन् ।

बद्नामी कमाएको गाउ सुध्रिने अभियानमा पुगेकोमा जनप्रनिधिहरु खुसी छन् । तर अझै केहि विकृतिले गौश्वारामा जरा गाडेकोमा भने निराशा सकिएको छैन् । ‘जाँड रक्सीको कुलत यति धेरै छ कि त्यस्लाई कम गर्ननै सकिएन् वडा अध्यक्ष घिसिङले भने – खाने मात्र हैन, कस्ले बढी खाने र कस्ले जाँड रक्सीमा बढी पैसा खर्च गर्ने भन्ने प्रतिस्पर्धा पो छ । जातिय संस्कार थोरैले चलाउन भन्दा पनि परिवर्तन गर्न नसकेकोमा उनले खिन्नता प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

13 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

23 घन्टा पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले