रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास्थ्य शिविर संचालन गरी १ हजार ४ सय भन्दा बढी विरामीहरुको उपचार तथा स्वास्थ्य परामर्श गरेका छन् ।
अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डरका चिकित्सक,, नर्स र प्यारामेडिक्स सहित १८ जनाको स्वास्थ्यकर्मीहरु र तामाकोशी अस्पताल रामेछापका निर्देशक डा. सुमन कर्माचार्य सहितको टोलीले उक्त शिविरहरुमा नागरिकहरुको स्वास्थ्य परिक्षण र उपचार गरेको थियो । उक्त कार्यमा बज्र समाज रामेछापको समेत सहयोग रहेको जनाइएको छ ।
रामेछापको धोवि, साँघुटार, बोलङबोलङ, दोलखाको बैतेश्वर र सिन्धुलीको खुर्कोटमा स्वास्थ्य शिविरहरुको आयोजना गरिएका थिए ।
