बोरिङको पानीले स्वरुप बदलेको आकाशे फाँट
12 दिन पहिले प्रकाशित
रामेछाप । ब्याडबाट बारीमा सारेका साना सुर्तिका विरुवा हुर्काउन पानी नभएर सेउलाले थोप्दै विरुवा जोगाउने ईतिहास बोकेको मन्थलीको आकाशे फाँटमा अचेल सयौंमुरी धान फल्छ । त्यो पनि एकादुईको बारीमा नभै सवैकोमा । सुख्खा अनि धुलो उड्ने फाँट अचेल ओसिलो र हरियो देखिन्छ ।
सुख्खा फाँटमा मकैबाली भित्र्याएपछि विगतमा प्राय सबैले सुर्ति लगाउथे । सुर्तिका साना विरुवा घाम र सुख्खाले मर्ला भनेर सेउलाले छोप्थे । त्यतिगर्दा पनि मर्ला कि भन्ने पिरलोले तामाकोशीको पानी गाग्रीमा बोकेर विरुवाको फेदमा तुपुतुपु हाल्थे । आजभोली भने फाँटमै पानी बढी भएर कोशी तिरै बगेको छ । विकास र प्रविधिले ल्याएको परिवर्तन पछिल्लो पुस्ताका लागि केहि जस्तो नलागेपनि आकाशेमा पहिले पानीको सास्ती भोगेका थोरैले मात्र विगत सम्झेका छन्, उनीहरुका लागि यो परिवर्तनले जिवन जिउन पुगेको सुविधाको जति धेरै चर्चा गरे पनि पुग्दैन् । कमै हुन्छ ।
आकाशेमा पानी नहुदाँ प्रायजसोको जग्गा बाँझै बस्थ्यो । जो दुख्ख गर्न सक्थे तिनले सुर्ति बनाउथे । अरु बाली लाग्दैनथ्यो । तर अहिले कुनैै पनि जग्गा बाँझो बसेको छैन् । मकै, धान, गहु र अन्य तरकारी बालीको खेति गर्नमा सवै रमाएका छन् । कसै कसैले गुणस्तरिय केरा र दलहनको खेति पनि गरेका छन् । पहिले आकाशेको जग्गालाई धेरैले बारी भन्थे, तर अव बारी बाँकी छैन् , सवै जग्गा खेत बनेको छ ।
यसो हुनुमा स्थानीय अगुवा नारायणदाश श्रेष्ठको ठुलो हात छ । उनी साविक मन्थली गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन् । उनले सरकारका विभिन्न निकाय धाएर आकाशेमा सिंचाईको प्रवन्ध मिलाएका हुन् । तामाकोशी किनारको आकाशेमा धेरै बर्ष अघी बारी खेत हुदै कुलो ल्याएर सिंचाई गर्ने प्रयास गरीएको थियो । तर उक्त प्रयासले सार्थकता पाएन । थोरै जग्गामा सिंचाई पुगेपनि आकाशेको उत्तर तर्फको पल्लो छेउ कुलोले छिचोलेन । बारीखेततिरै पानी नपुगेपछि आकाशे तर्फको कुलो पुरियो, मासियो ।
श्रेष्ठले झण्डै एक दशक अघी सिंचाई मन्त्रालय र कार्यालय संग समन्वय गरेर आकाशेमा बोरिङ मेसिन गाडे । झण्डै २५ मिटरमै पानी आयो । पाइप लगाएतका अन्य काममा मन्थली नगरपालिकाले सघायो । पानी सुक्ला भनेर धेरै गहिराईमा पु¥याएर मेसिन धसाएपछि सुख्खा आकाशेको ईतिहास बदल्ने दिन शुरु भएका हुन् ।
सवै खर्च सरकारले बेहोरिदिएर बोरिङ गाडिदिने भएपछि आकाशेमा एक पछि अर्को गर्दै बोरिङ मेसिन धसाउन र जमिन मुनिको पानी माथि निकालेर सिंचाई गर्न थालियो । त्यसले खानेपानी सगैं सिंचाईका प्रयोग गर्नका लागि प्रशस्त पानी पुग्न थाल्यो । सरकारले सिंचाई प्रयोजनका लागि विजुलीको महशुल पनि थोरै निर्धारण गरेकाले स्थानीय बासिन्दाहरुले बोरिङको माग धेरै गरे । अहिले आकाशेमा प्राय टोलै पिच्छे बोरिङ गाडिएका छन् । एउटै मेसिनले तानेको पानीले एकाघरको मात्र नभै केहि घरको जग्गा जमिनमा सिंचाई गर्न पुगेको छ ।
सिंचाईको प्रवन्ध भएपछि सिजन अनुसारको बाली लाग्न थालेको श्रेष्ठ बताउछन् । हालै धेरैले धान भित्र्याएका छन् । आकाशेमा खेत भन्दा धेरै राम्रो धान फल्ने गरेको उनले वताए । धान बाली भित्र्याएपछि आकाशे खनजोत गरेर फेरी अर्को बाली लगाउन चटारो छ । पछिल्ला बर्षहरुमा जग्गा खाली र बाँझो देख्नु परेको छैन् ।
श्रेष्ठका अनुसार जव आकाशेमा बोरिङबाट पानी निकालेर सिंचाई हुनथाल्यो, आसपासका बस्तिहरुबाट धेरै माग भयो । कहिले काँहि मात्र हरियो देखिने मन्थली आसपासका फाँटहरु करमबोट, सोति, डुम्रे, कुनाउरी जस्ता स्थानमा झण्डै ५० वटा बोरिङले पानी तानेर बाह्रै महिना हरियाली बनाइएको छ । रणजोर किनार र सुकाजोर किनारमा धेरै बोरिङ गाडिएका छन् । कसैले बारीखेत र कसैले गडुवारी भन्ने फाँट अनि सगैंको गैह्री फाँटमा पनि बोरिङ गाडिएको छ ।
रणजोरखोलाको मुहान गरी ल्याइएको विस्कुने कुलामा पानी आउन धौ धौ भएपछि पहिले तामाकोशीको किनारमा जेनेरेटर राखेर पम्प गरी बारीखेत र गैह्रीखेत रोपिने गरेका थिए । तर अहिले रणजोरको विस्कुने कुलो र तामाकोशीमा जेनेरेटर नभएपनि बोरिङ मेसिनले खेत रोप्न र धानमा पानी लगाउन पुगेको श्रेष्ठले वताए ।
विकासको क्रममा भित्रिएको प्रविधिले सुविधा पुगेको छ । तर स्थानीय बासिन्दाहरुले अझै पनि परम्परागत खेति प्रणालीमानै समय विताएका छन् । ‘आफ्नो बारीमा थोरै मोलका धान गहुँ मकै लगाएर हामी तराईको तरकारी र फलफुल किनेर खाईरहेका छौं ’ श्रेष्ठ भन्छन् – अव विस्तारै व्यवसायीक तरकारी र फलफुल खेतिमा आकाशेलाई लैजानु पर्ने देखिएको छ ।
कमेन्ट गर्नुहोस्
विद्यार्थीहरुलाई न्यायो कपडा वितरण
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..
8 घन्टा पहिले
काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..
14 घन्टा पहिले
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
1 दिन पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
2 दिन पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
संवाददाता
संवाददाता
