रामेछाप । तीनदिनमा बल्ल मौसममा सुधार आएपछि रामेछाप देखि लुक्लाका लागि हवाई उडानहरु हुन थालेका छन् । आईतबार विहानै देखि जहाजहरु लुक्ला मन्थली ओहोर दोहोर गरिरहेका छन् ।
रामेछाप नगरिक उडड्यन कार्यालयका अनुसार आईतबार विहान जहाज र हेलिकप्टरले पर्यटकहरुलाई लैजाने र ल्याउने काम जारी राखेको छ । अहिले मन्थली आसपास र लुक्लाको मौसम राम्रो रहेको उक्त कार्यालयले जनाएको छ । बर्षा र कुहिरोको कारण हवाई उडान नहुदा मन्थली र लुक्ला दुवै तर्फ पर्यटकहरु रोकिएका थिए ।
