रामेछाप । नेकपा एमालेको भातृ संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षतामा सुरेश उदाश निर्बिरोध निर्वाचित भएका छन् । उनी यस अघी उक्त संस्थाको उपाध्यक्ष थिए ।

शुक्रबार मन्थलीमा सम्पन्न तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले उदासलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अधिवेशनले महासंघको उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर , उप सचिवमा लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह कोषाध्यक्षमा मोहन कार्की सहित १९ सदस्यीय कार्यसमितिको निर्बिरोध निर्वाचित गरेको छ ।

अधिवेशनमा नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, बागमति प्रदेशका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ महासंघका बागमति प्रदेशका अध्यक्ष पशुपतिवहादुर खड्का र नेकपा एमाले बागमति प्रदेश सदस्य तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लगाएतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रम महासंघका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको थियो ।