नेपाल उद्योग तथा व्यवसायी महासंघमा उदास
20 दिन पहिले प्रकाशित
रामेछाप । नेकपा एमालेको भातृ संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षतामा सुरेश उदाश निर्बिरोध निर्वाचित भएका छन् । उनी यस अघी उक्त संस्थाको उपाध्यक्ष थिए ।
शुक्रबार मन्थलीमा सम्पन्न तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले उदासलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अधिवेशनले महासंघको उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर , उप सचिवमा लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह कोषाध्यक्षमा मोहन कार्की सहित १९ सदस्यीय कार्यसमितिको निर्बिरोध निर्वाचित गरेको छ ।
अधिवेशनमा नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, बागमति प्रदेशका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ महासंघका बागमति प्रदेशका अध्यक्ष पशुपतिवहादुर खड्का र नेकपा एमाले बागमति प्रदेश सदस्य तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लगाएतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रम महासंघका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
